कोरोना भ्याक्सिन लगाउँदा मन्त्री पदबाटै राजीनामा ! | Khabarhub Khabarhub

कोरोना भ्याक्सिन लगाउँदा मन्त्री पदबाटै राजीनामा !


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे कोभिड भ्याक्सिन लगाएका कारण राजीनामा दिन बाध्य हुनुपरेको छ ।

उनले आइतबार आफूले ‘देशमा सरकारी खोप अभियान सुरू हुनुभन्दा पहिले र क्लिनिकल ट्रायलभन्दा बाहिर आफूले कोभिडको खोप लगाएको’ स्वीकार गरेकी छिन् । एलिजाबेथका अनुसार उनले जनवरीमा चिनियाँ कम्पनी सिनोफार्मको भ्याक्सिन लगाएकी थिइन् ।

एक दिन पहिले राष्ट्रपति फ्रान्सिस्को सागस्तीले स्वास्थ्य मन्त्री पिलार माजेटीको राजीनामा स्वीकृत गरेका थिए । माजेटीले राजीनामा त्यतिबेला दिएका थिए जब पूर्व राष्ट्रपति मार्टिन विजकाराले समयभन्दा पहिले भ्याक्सिन लिएको विषयलाई लिएर विवाद उठेको थियो ।

मार्टिन विकाराले नोभेम्बरमा भ्रष्टाचारका आरोपका कारण पदबाट राजीनामा दिनुपरेको थियो । पछिल्लो भ्याक्सिन विवादबारे टिप्पणी गर्दै उनले आफूले कुनै लाइन नतोडेको बरु ट्रायलमा सहभागी भएर आफूले यो भ्याक्सिन लगाएको बताएका छन् । स्थानीय मिडियाले भने पूर्व उपराष्ट्रपतिको यो दावीका विषयमा प्रश्न उठाएका छन् ।

एलिजाबेथ एस्टेटेले गएको नोभेम्बरमा विदेश मन्त्रीको जिम्मेवारी लिएकी थिइन् । उनले राजीनामा दिएपछि भनेकी छिन् ‘मलाई २२ जनवरीमा खोप लगाइएको थियो । यो खोप मैले पेरुको एक विश्वविद्यालयको अफरमा लगाएकी हुँ जुन विश्वविद्यालय पेरुमा चिनियाँ कम्पनी सिनोफार्मको ट्रायलको इन्चार्ज हो । यो खोप बाँकी रहेका खोपहरुमध्येबाट लगाइएको थियो,’ उनले ट्वीटरमा लेखेकी छिन् ‘मलाई थाहा छ कि मैले निकै ठूलो गल्ती गरेकी छु त्यसैले मैले भ्याक्सिनको दोस्रो डोज लिइन । तर, यो गल्तीको लागि मैले आफ्नो राजीनामा बुझाएकी छु ।’

पेरुको सरकारले जनवरी २०२१ को सुरूवातमा सिनोफार्मसँग करिब ३ करोड ८० लाख डोज कोभिड भ्याक्सिन किन्ने घोषणा गरेको थियो । एक हप्ता पहिले पेरुले सिनोफार्मबाट ३ लाख डोज प्राप्त गरेको छ । यही हप्ताको मंगलबार पेरुमा आधिकारिक रुपमा खोप अभियान सुरू भएको छ । सरकारी तथ्यांकअनुसार पेरुमा कोभिड १९ का कारण ४४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ५९ बजे

१० महिनामा दुई अर्ब ६१ करोड राजस्व संकलन

भद्रपुर– आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई

सगरमाथा संवाद सुरु

काठमाडौं– ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको

कारको ठक्करबाट दुई महिलाको मृत्यु

कृष्णनगर– बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको

अनेरास्ववियूद्वारा माधव र सुदेशलाई सम्मान

काठमाडौं– अनेरास्ववियूले ६१औं विद्यार्थी दिवसको अवसरमा विचार गोष्ठी तथा सम्मान

दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा

बैतडी– दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको