ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विपक्षमा छन् : प्रचण्ड | Khabarhub Khabarhub

ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विपक्षमा छन् : प्रचण्ड


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– ​पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा रहेका ९० प्रतिशत सांसद्‌हरू नै प्रतिनिधि सभा विघटनकाविरुद्ध रहेको दाबी गरेका छन्‌।

प्रचण्डले आफूले नै कोठामा राखेर ओलीका पक्षका सांसदहरूलाई सोधेको र उनीहरूले गुटमा रहेकाले बोल्न गाह्रो भएको बताएको दाबी गरेका हुन्‌।

‘केपीजीका पक्षमा भएका प्रतिनिधि सभाका ९० प्रतिशत सांसदहरू संसद विघटनका विरुद्ध छन्’, प्रचण्डले भने, ‘बिचरा ! उहाँहरूलाई बोल्न गाह्रो भएको छ। गुटमा भइयो, गुट भन्ने चिज खतरनाक हो क्या !’

९० प्रतिशत सांसदले केपी ओलीले बर्बाद पारेको भन्ने पक्षमा रहेको उनको दाबी छ। ‘साँच्चै मन परेको छ त तपाईलाई भनेर मैले कोठामा राखेर उहाँहरूलाई सोधेँ’, उनले भने, ‘हुँदाखाँदाको दुई वर्षका सांसद पद गयो, अब जितिने सम्भावना पनि एकदमै कम छ, यो त घात भएको छ भन्ने सबैलाई नै लागेको छ।’

७० वर्ष लडेर आएको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई रक्षा गर्नु पहिलो प्राथमिकता भएको उनले बताए। गणतन्त्रको आन्दोलनलाई अस्वीकार गर्ने व्यक्तिको हातमा नै गणतन्त्रको व्यवस्था पुगेको भन्दै उनले निर्वाचनका बेला बनाइएको घोषणापत्र अनुसार काम गर्न नसकिएको बताए।

‘संविधानको पक्षधर र राम्रो दिमाग भएका मान्छेहरू संसद विघटन गर्ने कामको विरोधमा छन्’, उनले भने, ‘केपीको समूह बाहेक सबै दलहरू पनि एकमत नै छन्।’

राजनीतिक स्थायित्वकै लागि भनेर तत्कालिन एमालेसँग पार्टी एकीकरणको प्रस्ताव आफूले लगेको उनले दाबी गरे।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ११ बजे

प्रतिनिधिसभामा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन

गण्डकी प्रदेशको आम्दानी लुम्बिनीलाई, २३ लाखभन्दा बढी राजस्व घाटा

पोखरा– गण्डकी प्रदेश सरकारको आम्दानी लुम्बिनी प्रदेश सरकारले पाउँदै आएको

कुलेखानी-कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं– प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज

रुस-युक्रेन युद्धः ट्रम्प र पुटिनले मात्र शान्ति वार्तालाई ‘ब्रेकथ्रु’ गर्ने निष्कर्ष

टर्की – अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेन शान्ति वार्तामा मुख्य

आजदेखि ‘सगरमाथा संवाद’: १७५ विदेशी पाहुना काठमाडौंमा

काठमाडौं – जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई