मन्त्री साहले गुजरामा बाँडे ग्यास सिलिन्डर « Khabarhub

मन्त्री साहले गुजरामा बाँडे ग्यास सिलिन्डर


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– शहरी विकास मन्त्री प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।

आज जिल्लाको उत्तर–पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको दुबै वडामा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ७ सय ७१ परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

गुजरा नगरपालिकाको वडा नम्बर ८ को जुगौलियामा २१४, देवीपुरमा ६२ र पिपरामा ९५ घर परिवार तथा वडा नम्बर ९ को दयालपुरमा १४०, अमतवामा १३०, अमतवा चौधरी टोलमा ग्यास १३० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण भएको हो ।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहाले खाना पकाउनमा सहजता ल्याउन तथा धुवाँका कारण स्वास्थ्यमा हुने असर न्युनीकरण गर्न मन्त्री साहको धुवाँ चुल्हो मुक्त अभियानले ठूलो भूमिका खेलेको भन्दै प्रसंशा गरे ।

प्रतिनिधिसभाको निर्वाचन ताका मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।

यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुशवाहासहित मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह, नेकपाको प्रदेश कमिटी सदस्य त्रिभूवन साह, नेता चन्देश्वर बैठालगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : ३७ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार