ओली समूहको आक्रमणबाट काँग्रेस नेता साउद घाइते « Khabarhub

ओली समूहको आक्रमणबाट काँग्रेस नेता साउद घाइते


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गरेको छ ।

डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा नेकपा ओली समूहका युवाहरुले आक्रमण हुन। आक्रमणमा परी काँग्रेस पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य एनपी साउदसहितका नेता कार्यकर्ता घाइते भएका छन् ।

ओली समूहको आक्रमणबाट साउदको पेट र खुट्टामा चोट लागेको जनाइएको छ । आमसभा सभा चलिरहेका बेला ओली समूहका युवाहरु आएर एक्कासी आक्रमण गरेको साउदका सहगोगी दिपक जोशीले जानकारी दिए ।

जोशीका अनुसार उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशी, सुरेशसिंह विष्टलगायतका घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद ढुंगा प्रहारबाट घाइते भएका छन् । उनीमाथि बैतडीको डिलासैनी गाउँपालिका ३ पनसेरामा आज दिउँसो सभा भइरहँदा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट उनको खुट्टामा चोट लागेको छ । घटनामा दुईजना काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।

ओली समूहका कार्यकर्ता मुकेश पालको नेतृत्वमा पुगेको समूहले ढुंगा प्रहार गरेको काँग्रेसले आरोप लगाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : ३२ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा