साउदमाथि भएको आक्रमणको विरोध गर्दै काठमाडौँमा प्रदर्शन « Khabarhub

साउदमाथि भएको आक्रमणको विरोध गर्दै काठमाडौँमा प्रदर्शन


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीमा नेपाली कांग्रेसका नेता एनपी साउदमाथि भएको आक्रमणको विरोध गर्दै नेविसंघले काठमाडौँमा प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौँको प्रदर्शनीमार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका विद्यार्थीले बैतडीमा भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

मंगलबार बैतडीमा साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गर्दा साउदसहितका नेता कार्यकर्ता घाइते भएका थिए ।

मुलुकमा हत्या हिंसा हुदा पनि सरकार मौन रहेको र नेकपा राजनीतिक प्रतिशोध साध्न व्यस्त रहेको आरोप प्रदर्शनमा सहभागीहरुले लगाएका छन् ।

बिरोध प्रदर्शनमा सहभागीहरुले सरकार बिरोधी नारा लगाएका थिए । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि माग गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : ३२ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक