शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्ति छिट्टै हुन्छ : मन्त्री श्रेष्ठ « Khabarhub

शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्ति छिट्टै हुन्छ : मन्त्री श्रेष्ठ


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले रिक्त रहेको शिक्षा सेवा आयोगका पदाधिकारीको नियुक्ती छिट्टै हुने बताएका छन् ।

मंगलबार सरस्वति पूजाको अवसरमा सफलता एचआइभी शिक्षा सदनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आयोगका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिएका हुन् ।

देशभरका सामुदायिक विद्यालयमा करिब १२ हजार शिक्षक दरबन्दी रिक्त रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

प्राथमिक तहमा ९ हजार १०६, निम्न माध्यमिक तहमा १ हजार ९१३ र माध्यमिक तहमा १ हजार ४२ शिक्षक दरबन्दी रिक्त रहको विवरण आयोगमा पठाइएको शिक्षा तथा मावन स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन शाखाका अधिकृत भुवनेश्वर जोशीले बताए ।

त्यस्तै आन्तरिक बढुवातर्फ प्राथमिक प्रथम तहमा ३ सय ८४ र द्वितीयमा १ हजार ३२५, निमावि प्रथममा ६९ र द्वितीयमा ३६४ तथा माध्यमिक प्रथममा ९९ र द्वितीयमा ४४८ पदपूर्ति हुन नसकेको केन्द्रले जनाएको छ ।

पदाधिकारी नियुक्त नभइ शिक्षक विज्ञानपका काम अघि बढ्दैन : आयोग

आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्ती नभइ नयाँ शिक्षकको लागि विज्ञापन आह्वान नहुने शिक्षक सेवा आयोगको उपसचिव सुर्दशन मरहठ्ठाले बताए ।

उनले भने, पदाधिकारी कहिले नियुक्त भएर आउँछन भन्ने कुराको भने अझै टुङ्गो नलागेको छैन् ।

प्राथमिक, आधारभूत र माध्यमिक तहका लागि करिब सात लाख व्यक्तिहरुले अध्यापन अनुमतिपत्र लिएर बसेका उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : ५२ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार