इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन « Khabarhub

इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ ।

अकस्मात हृदयघातका कारण उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई यही फ्रेबु्रअरी ९ मा हृदयघात भएको हो । हृदयघात भएपछि थप उपचारका लागि अमेरिका लगिएकोमा उनको उपचारकै क्रममा मंगलबार निधन भएको अस्पतालले जनाएको छ ।

ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उहाँको उपचार गराइएको थियो । उनको उपचार सफल नभएपछि आफन्त तथा सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पूर्वराष्ट्रपति नोबोयको निधनमा शोक र सम्मान व्यक्त गर्दै राष्ट्रिय शोकसमेत घोषणा गर्न लागेको जानकारी उनले दिएका छन् ।

उनले नोबोयलाई आफ्नो अति आदरणीय, अविस्मरणीय र असल व्यक्तिका रुपमा स्मरण पनि गरेका छन् । नोबोयको निधनले आफूले अति असल मित्र र देशले असल अविभावक गुमाउनु परेको राष्ट्रपति मोरेनोले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : १५ बजे

कच्चा निर्देशनले ‘राँटो’ राखे

फिल्म : मालती मंगलेकलाकार : विजय बराल, वर्षा राउत र

आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा

काठमाडौँं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक

संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ– संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

आज २०८३ साल वैशाख २८ गते सोमबार। जेठ कृष्ण पक्षको