राष्ट्रपति भण्डारी संविधानको रक्षा गर्नबाट ‘विमुख’ बनेको पूर्वराष्ट्रपति यादवको आरोप « Khabarhub

राष्ट्रपति भण्डारी संविधानको रक्षा गर्नबाट ‘विमुख’ बनेको पूर्वराष्ट्रपति यादवको आरोप


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको रक्षा गर्नबाट विमुख भएको आरोप लगाएका छन् ।

शुक्रबार नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र बीपी विचार संग्रह दुई पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राष्ट्रपति भण्डारी दलीय स्वार्थमा लागेको आरोप लगाएका हुन् ।

राष्ट्रपतिका पछिल्ला गतिविधिले राष्ट्रपति भण्डारीले दलीय आवद्धता नछोडेको संकेत गरेको समेत उनले आशय प्रकट गरे ।

‘उहाँ त राजनीतिक दलमा हुनुहुन्न, म पनि कांग्रेसबाट राष्ट्रपति बन्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला समक्ष राजीनामा दिएको थिएँ । उहाँले पनि दिनुभएको होला,’ डा. यादवले भने ।

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादलाई लिएर उक्त कदम रोक्न  सक्नुपर्ने डा. यादवको भनाइ थियो ।

सम्बोधनकै क्रममा डा. यादवले १४ वर्ष लोकतन्त्रका लागि जेल बसेको ‘धाक देखाउने’ प्रधानमन्त्री स्वयं लोकतन्त्रलाई संकटमा पार्न उद्दत रहेको आरोप लगाए ।

उनले लोकतन्त्रमा फेरि एक पटक ‘ग्रहण’ लागेको बताउँदै यसलाई बचाउन सबै एकजुट हुनुपर्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ७ : २४ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक