तोकिएका मितिमा निर्वाचन सम्पन्न गर्छौँ : प्रमुख आयुक्त थपलिया « Khabarhub

तोकिएका मितिमा निर्वाचन सम्पन्न गर्छौँ : प्रमुख आयुक्त थपलिया


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको तयारी रहेको बताएका छन् ।

पाँचौं निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा उनले इतिहासको विरासत र साखलाई खुम्चन नदिइ उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रुपमा आयोगलाई पहिचान दिलाउन कृतसङ्कल्पित भइ निरन्तर प्रयासरत रहने प्रतिवद्वता व्यक्त गरे ।

आयोगले विक्रम सम्वत् २०१५ मा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै सम्वत् २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ ।

यस बर्षको निर्वाचन दिवसको मूल नारा “निर्वाचनमा सबै, सधैँ, सँगै” भन्ने रहेको थियो । सरकारले आगामी वैशाख १७ र २७ गते गरी २ चरणमा निर्वाचन गर्ने घोषणा गरेअनुरुप आयोग आन्तरिक तयारीमा तीव्ररुपमा जुटिरहेको छ ।

प्रमुख आयुक्त थपलियाले भने,“स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गर्न/गराउन प्राविधिक तथा व्यवस्थापकीयरुपमा आयोग सक्षम छ, राजनीतिक दलले निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने हुन्छ ।”
आयोगका पदाधिकारी तथा सचिवालयका कर्मचारी आयोगको सभाहलमा र जिल्ला निर्वाचन कार्यालयका भर्चुअल माध्यमबाट सहभागी भई आयोजना गरिएको उक्त कार्यक्रमको उgले डिजिटल प्रविधिबाट उद्घाटन गरेका थिए ।
सो अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र डा जानकीकुमारी तुलाधरले आसन्न निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता, सरोकारवाला र कर्मचारीले आ–आफ्नो भूमिका र जिम्मेवारीका साथ क्रियाशील हुन आह्वान गरे ।

निर्वाचन दिवसकै अवसरमा “निर्वाचन” बिषयमा आयोजित कविता वाचन प्रतियोगिता उपसचिव कोमलप्रसाद धमला प्रथम, जिल्ला निर्वाचन कार्यालयका अधिकृत टेकबहादुर कोईराला दोश्रो र जिल्ला निर्वाचन कार्यालयअधिकृत कोपिला राईले तेश्रो घोषित भएका थिए ।

समारोहमा २० वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेका १४ कर्मचारीलाई प्रसंशापत्र र नगद पुरस्कारबाट सम्मानित तथा निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्ने आयोग र अन्तर्गत कार्यालयका सात जना कर्मचारीलाई“उत्कृष्ट कर्मचारी पुरस्कार” सहित प्रसंशा गरिएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ४५ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक