प्रदेश २ प्रमुखबाट परियारलाई पदमुक्त गरिनु दलितमाथिकै अपमान हो : अध्यक्ष प्रचण्ड « Khabarhub

प्रदेश २ प्रमुखबाट परियारलाई पदमुक्त गरिनु दलितमाथिकै अपमान हो : अध्यक्ष प्रचण्ड


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का प्रमुख तिकल परियारलाई पदमुक्त गरिनु ओली सरकारको ‘निरंकुशता’ भएको बताएका छन् ।

उनले परिवारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्ठाका साथै सम्पूर्ण दलित समुदायमाथि नै अपमान भएको बताएका हुन् ।

प्रचण्ड पुत्री गंगा दाहालले उनको भनाइ उद्धृत गर्दै फेसबुकमा लेखेकी छिन्– ‘२ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टाका साथै सम्पूर्ण दलित समुदाय माथि नै अपमान हो : कमरेड प्रचण्ड ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : २७ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक