सामुदायिक विद्यालयमा मोबाइल निषेध ! | Khabarhub Khabarhub

सामुदायिक विद्यालयमा मोबाइल निषेध !


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ ।

सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने प्रवृत्ति शिक्षकको छ ।

पाल्पा रामपुर नगरपालिका–४ देवीस्थानस्थित कालिका आधारभूत विद्यालयले यसै शैक्षिक सत्रदेखि विद्यालय समयमा मोबाइल फोन प्रयोगमा निषेध गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र शिक्षक कर्मचारीको सहमतिमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कुनै पनि शिक्षक वा कर्मचारीले मोबाइल फोन प्रयोग गर्न नपाउने नियम लागू गरिएको हो ।

शैक्षिक गुणस्तर वृद्धि गरी नमूना विद्यालयका रुपमा चिनाउन विद्यालयले शुरु गरेको यो कार्यप्रति सरोकारभएका व्यक्तिले प्रशंसा गरेका छन् । यसै विद्यालको सिको नगरपालिकाका अन्य विद्यालयले पनि गर्ने तयारीमा छन् ।

कक्षाकोठाभित्रै शिक्षकले मोबाइल फोनको प्रयोग गर्दा शैक्षिक गुणस्तर खस्किँदै गएको अभिभावकका गुनासो आएपछि विद्यालय समयभित्र मोबाइल फोनको प्रयोग निषेध गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले जानकारी दिए । ‘भर्ना अभियानको क्रममा घरदैलो गर्दा कक्षा कोठाभित्रै शिक्षण कार्य रोकी शिक्षक फोन उठाएर आनन्दले कुराकानी गरेर बस्छन्, विद्यार्थीले के सिक्छन्,? अन्य विद्यालयमा भर्ना गराउने कुरा अभिभावकले गरेकाले तत्काल समितिको बैठक बसेर यस्तो निर्णय गरेका हौँ’, अध्यक्ष ठाडाले भने ।

यसमा सरोकार भएका पक्षको सहमतिमा शैक्षिक सत्रको शुरुवातमै मोबाइल फोन विद्यालय समयभित्र निषेध गर्ने कार्य शुरु गरिएको उनको भनाइ छ । अति आवश्यक काम परे प्रधानाध्यापकको मोबाइलबाट शिक्षकलाई अनूकुल समय मिलाएर कुरा गराउने व्यवस्था मिलाइएको छ । खाजा खाने समयबाहेक अरु समय मोबाइल फोन प्रधानाध्यापकको निगरानीमा राख्ने व्यवस्था गरिएको प्रधानाध्यापक सोमबहादुर सेनले बताए ।

यसै शैक्षिक सत्रदेखि बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्यालको प्रवेशद्धारमा साँचो लगाउने गरिएको छ । यस विद्यालयमा कक्षा नर्सरीदेखि ४ सम्म अंग्रेजी माध्यम र पाँचदेखि आठसम्म नेपाली माध्यममा पठनपाठन भइरहेको छ ।

अघिल्लो शैक्षिक सत्रको तुलनामा विद्यार्थी भर्नादर पनि बढ्दो छ । हाल विद्यालयमा १३० विद्यार्थी र दश शिक्षक कर्मचारी छन् । कक्षा कोठाभित्रै शिक्षकले फोनको घण्टी बज्नासाथ उठाएर कुरा गर्ने प्रवृत्तिले विद्यार्थीको पठनपाठनमा बाधा परिरहेको थियो ।शैक्षिक गुणस्तर सुधारका निम्ति रामपुर नगरपालिका भित्रका सबै विद्यालयमा विद्यालय समयभित्र मोबाइल फोन प्रयोग नगर्न अनुरोध गरिएको नगरपालिकाका शिक्षा अधिकृत रमाकान्त अर्यालले जानकारी दिए ।

पाल्पाकै नमूना विद्यालयका रुपमा छनौटमा परेको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालित रामतुलसी माविले पनि यस्ता क्रियाकलाप अवलम्वन गर्न लागेको छ । अब छिट्टै नै विद्यालय समयभित्र मोबाइल फोन प्रयोग निषेध गर्ने तयारीमा रहेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए । सामुदायिक विद्यालयमा शिक्षकको अटेरीका कारण कक्षा कोठामा नियम उल्लङ्घन गर्ने प्रवृत्तिले शैक्षिक गुणस्तर बढ्नुभन्दा झन् खस्कदै जान थालेकोले अन्य विद्यालयले पनि मोबाइल फोनको प्रयोग निषेध गर्नुपर्नेमा जम्बद्ध व्यक्ति जोड दिन्छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १ : ३७ बजे

एसियाको सबैभन्दा ठूला खुला स्रोत प्रविधिको सम्मेलन नेपालमा हुने 

काठमाडौं– आगामी साउनमा काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत

वार्ता नगरी शिक्षकमाथि सरकारले बल प्रयोग गर्‍यो : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न

पत्रकार कार्की माथि हमला गर्ने माथि कारबाही गर्न प्रेस चौतारीको माग

काठमाडौं– प्रेस चौतारी नेपालले आज प्रहरी–शिक्षक झडपमा घाइते भएकी पत्रकार

भेरी अस्पतालमा भएको आगलागीबाट चार करोड बराबरको क्षति 

बाँके– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट चार

पोखरा विमानस्थलको चिनियाँ ठेकेदारसँग कर छुट रकम फिर्ता लिन तीन अर्ब रोक्का (पत्रसहित)

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय