कम्युनिस्टहरुसँगै कहिल्यै पनि मिल्नु हुँदैनः डा. कोइराला « Khabarhub

कम्युनिस्टहरुसँगै कहिल्यै पनि मिल्नु हुँदैनः डा. कोइराला


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिस्टहरुसँगै कहिल्यै पनि मिल्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन नवलपरासी पुर्वको आयोजनामा शुक्रबार कावासोतीमा भएको सूर्यभक्त अधिकारी पतनादेवी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोइरालाले विगतमा पनि कम्युनिस्टहरुसँग मिलेर कांग्रेसले गल्ती गरेको बताए ।

कम्युनिस्टहरुसँग मिल्न नहुने भएकैले संसद पुनःस्थापनाको आन्दोलनमा पनि कांग्रेस एक लड्न चाहेको उनले उल्लेख गरे । संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने भन्दै कोइरालाले संसद पुनःस्थापनका लागि काङ्ग्रेस एक्लै भएपनि लड्ने बताए ।

कोइरालाले आगामी बैशाखमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान च्यातेको आरोप लगाउँदै महामन्त्री कोइरालाले बैशाखमा कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने उल्लेख गरे ।

वैशाखमा चुनाव हुने सम्भावना नभएको तर कांग्रेस चुनावबाट नभाग्ने उनको भनाई थियो । चुनाव जहिले भएपनि कांग्रेस पहिलो पार्टी हुनेसमेत उनले दाबी गरे । आफूहरुको प्रतिष्पर्धा ओलीसँग हुने भन्दै कोइरालाले कांग्रेसले गुटगत मान्यता भने त्याग्नुपर्ने बताए ।

गुटगत मान्यता त्यागेर कांग्रेस एक ठाउँमा हुने हो भने आगामी निर्वाचनमा सबै कम्युनिस्टहरु एक भए पनि कांग्रेसले चुनाव जित्ने उनले दावी गरे ।

उनले संविधानको रक्षा गर्नु नै नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको बताए । नेपाली कांग्रेसको नेतृत्वमा निर्माण गरेको सविधान कार्यान्वयन गर्ने र रक्षा गर्ने काम पनि नेपाली कांग्रेसको काँधमा रहेको उनको भनाई छ । कोइरालाले कांग्रेसले गरेको विरोध कार्यक्रमहरु संविधानको रक्षाका लागि भएको उल्लेख गरे ।

अहिले भएको संसद विघटनको विरोध गर्नुको कारण संविधानमाथि कुठाराघात भएको र त्यसको संरक्षण गर्ने कर्तव्य नेपाली कांग्रेसको भएको उनको भनाइ छ ।

कार्यक्रममा यस वर्षको सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेललाई पुरस्कृत गरिएको थियो । कांग्रेस नेता मदनभक्त अधिकारीले आफ्नो बाबुआमाको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका थिए । पुरस्कारको राशी २५ हजार रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ८ : ३५ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक