राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राजधानीमा प्रदर्शन | Khabarhub Khabarhub

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राजधानीमा प्रदर्शन


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनर्स्थापनाको माग गर्दै आज काठमाडौँमा प्रदर्शन भएको छ ।

’राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रर्दशन भएको हो ।

देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको भन्दै प्रदर्शनकारीहरु नेपालको झण्डासहित प्रदर्शनमा उत्रेका थिए ।

नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको विकल्प नभएको उनीहरुको भनाइ छ ।

नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको विकल्प नभएको उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले ’हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ’राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाएका थिए ।

काठमाडौँको माइतिघरबाट शुरू भएको प्रदर्शनसहितको र्‍याली बानेश्वर पुगेर समापन भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  २ : ३९ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही