विभागद्वारा सिंहदरबारका क्यान्टिनबाट अखाद्य वस्तु जफत, १० हजार जरिवाना « Khabarhub

विभागद्वारा सिंहदरबारका क्यान्टिनबाट अखाद्य वस्तु जफत, १० हजार जरिवाना


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सिंहदरबारका विभिन्न क्यान्टिनमा अनुगमन गरी अखाद्य वस्तु नियन्त्रणमा लिनुका साथै क्यान्टिन सञ्चालकलाई कारबाही गरेको छ ।

शुक्रबार विभागको संयुक्त टोलीले सिंहदरबारस्थित कर्मचारी एवं सेवाग्राही लक्षित क्यान्टिनमा अनुगमन गरी विभिन्न अखाद्य वस्तु नियन्त्रणमा लिनुका साथै क्यान्टिन सञ्चालकलाई जरिवाना समेत तिराएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

अर्थ मन्त्रालय परिसरमा संचालित क्याण्टिन(म्यानेजमेन्ट सर्भिस) तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा संचालित क्याण्टिन(गोसाइँकुण्ड भोजनालय) को अनुगमन गरिएको प्रवक्ता सेढाईंले बताए ।

अनुगमनका क्रममा उनीहरुले नियमन तथा कारोबार सम्बन्धी कागजात नदेखाएको, उपभोग्य म्याद समाप्त खाद्य वस्तु बिक्री गरेको, सरसफाइमा लापरबाही गरेको तथा अप्रमाणिक नापतौल मेसिन प्रयोग गरेको पाइएको हुँदा उपभोक्ता संरक्षण ऎन अनुसार उनीहरुलाई कारबाही गरिएको प्रवक्ता सेढाईंले जानकारी दिए ।

प्रवक्ता सेढाईंले भने, ‘अनुगमन टोलीले नियन्त्रणमा लिएको ३ हजार १४५ रुपैयाँ बराबरको खाद्य एवं पेय पदार्थ नष्ट गरिएको छ र केन्द्रीय क्यान्टिनलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।’

अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई नियमन सम्बन्धी कागजात पेश गर्न एवं मापदण्ड अनुसार क्याण्टिन सञ्चालन गर्न  निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ८ : २५ बजे

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन