सुर्खेतमा पनि देखियो बर्ड फ्लु « Khabarhub

सुर्खेतमा पनि देखियो बर्ड फ्लु


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका महानिर्देशक डा दमयन्ती श्रेष्ठले जानकारी दिए ।

यसअघि काठमाडौँको तारकेश्वर नगरपालिकामा पालिएका पछीमा बर्ड फ्लु देखिएको थियो । विभागले बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाएको छ ।

रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रीयस्तरसमेतबाट पशु चिकित्सकको विज्ञ टोली खटाइएको उनले जानकारी दिए । रोग नियन्त्रणका क्रममा शुक्रबार पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रोग देखिएका क्षेत्रमा रहेका सबै घरपालुवा पछी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको उनले बताए ।

यसैक्रममा २७९ कुखुरा, १०२ परेवा, २२ अण्डा, ३१ केजी दाना नष्ट गरिएको छ । साथै रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिएको छ । विभागले रोगको सघन निगरानीमा सहयोग गरी रोग देखापरेको अवस्थामा तत्काल नियन्त्रणमा लिन सक्रियतापूर्वक सहयोग गर्न सम्बन्धित सबैसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ०१ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको