अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले लगाए कोरोनाविरुद्धको खोप


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आइतबार कोरोनाविरुद्धको खोप लगाएका छन् । अस्ट्रेलियामा सोमबारदेखि खोप अभियान सुरु हुँदैछ ।

आम सर्वसाधारणमा खोपप्रतिको विश्वास दिलाउन प्रधानमन्त्री मोरिसनले खोप लगाएको तस्वीर टेलिभिजनमार्फत प्रसारण गरिएको थियो ।

आगामी हप्तासम्ममा करिब ६० हजार डोज खोप लगाउने लक्ष्य राखिएको छ । खोप अभियान सुरु गर्ने लाग्दा शनिबार केही मानिसहरुले त्यसको विरोधमा प्रदर्शनसमेत गरेका थिए ।

प्रधानमन्त्री मोरिसनले आइतबार एउटा सानो समूहको साथमा खोप लगाएका हुन् । त्यसक्रम अग्रपंतिमा रहेका काम गर्ने कर्मचारी तथा केयर होममा कार्यरत व्यक्तिहरु सामेल भएको बीबीसीले उल्लेख गरेको छ ।

अस्ट्रेलियामा खोप अभियानका लागि फाइजर कम्पनीले उत्पादन गरेको खोप प्रयोग गरिँदैछ । फाइजरको उक्त खोपलाई अनुमति प्राप्त भइसकेको छ । अस्ट्रेलियामा सबैभन्दा पहिला एक ८५ वर्षीया महिलाले खोप लगाएकी थिइन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ४ : २४ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो