चीन र जापानबीच ओगासावरा टापुमा टकरावको संकेत « Khabarhub

चीन र जापानबीच ओगासावरा टापुमा टकरावको संकेत


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीन र जापानबीच ओगासावरा टापु क्षेत्रमा टकराव बढ्ने देखिएको छ ।

जापानले दाबी गरेको टापुमा चीनले आफ्ना जलसैन्य तथा अनुसन्धान जहाजहरू पठाएपछि जापानले पनि ओकिनोटरिशिमा नजिकै आफ्नो जल सेनाको गस्ती बढाएको छ ।

जापानले पहिलो पटक टोकियोको एक हजार किलोमिटर दक्षिणमा रहेको ओगासावरा टापुमा आफ्ना सीमारक्षक जलसैन्यलाई युद्धपोतसहित गस्तीका लागि तैनाथ गर्न लागेको हो ।

जापानले आफ्नो गस्तीले आफ्नो जलक्षेत्रमा अवैध माछा मार्ने कामलाई निरुत्साहित गर्ने तथा विदेशी जहाजहरूबाट आफ्नो क्षेत्रमा गरिएको निगरानी तथा अनुसन्धानको तत्काल जवाफ फर्काउन सक्षम बनाउँने बताएको छ।

विश्लेषकहरुका अनुसार चीनले ओकिनोटरिशिमा वरपरको गहिरो समुद्री जलक्षेत्रमा गरिरहेको अनुसन्धानको जवाफमा यस्तो निर्णय लिएको हो।

जापानी जलसैन्य सीमारक्षकले  आउँदो महिनाहरूमा १ सय ८० टनको गस्ती जहाज मिकाजुकीलाई समेत ओगासावरा टापुहरूमा तैनाथ गर्न लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : १५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको