दश कृषि परियोजनाका कृषकलाई आठ करोड अनुदान « Khabarhub

दश कृषि परियोजनाका कृषकलाई आठ करोड अनुदान


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ ।

केन्द्रले बागलुङमा आर्थिक वर्ष २०७७/७८ का लागि अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । अनुदानका लागि आएको ५८७ प्रस्तावनामा विगतका वर्षमा अनुदान नपाएका, लगानी गर्न सक्ने तथा दुर्गमतालाई आधार मानेर २२१ कृषि फर्म स्वीकृत गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार रु आठ करोड १७ लाख अनुदान १० प्रकारका परियोजनाका २२१ कृषि फर्मलाई दिन लागिएको हो ।

“कृषि ज्ञान केन्द्र बागलुङ स्थापनासँगै योजनाहरु अगाडि बढाइएको छ, अहिले १० प्रकारका परियोजनाका लागि रु आठ करोडभन्दा बढी २२१ कृषि फर्मलाई प्रदान गर्न थालिएको छ”, केन्द्र प्रमुख भट्टराइले भने, “तत्कालै सम्झौता गरी जेठभित्र सबै योजना सक्नुपर्ने हुन्छ, अनुदान प्राप्त रकमअनुसार किसानको तर्फबाट समेत ५० प्रतिशत र सोभन्दा माथिको काम गर्नुपर्ने प्रावधानसमेत रहेको छ ।”

सबै योजनाको अनुदान रु एक लाखदेखि तीन लाखसम्म रहेका छन् । जिल्लाभरबाट छनोटमा परेका १० परियोजनामा साना सिँचाइका ५८ योजनामा रु दुई करोड, साना व्यवसायी कृषि फर्म स्थापना गर्ने ७२ योजनामा रु एक करोड आठ लाख, हरितगृह निर्माणका लागि ३२ योजनमा रु ४८ लाख, फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापनाका लागि दुई योजनामा रु पाँच लाख, स्थानीय कृषि उपज बिक्री केन्द्र स्थापनाका लागि तीन योजनामा रु १० लाख ५० हजार र ग्रामीण क्षेत्र करेसावारी घर र बगैँचा निर्माण गर्न १३ योजनामा रु १० लाख रकम अनुदानमा प्रदान गरिनेछ ।

यस्तै मूल्य शृङ्खलामा आधारित योजनाका दुई वटा फर्मलाई रु २५ लाख, प्राङ्गारिक कृषि कार्यक्रमका लागि २७ योजनामा रु ८३ लाख, आलुखेती प्रर्वद्धन विशेष कार्यक्रमअन्तर्गत सात योजनामा रु ८३ लाख र क्लस्टर रैथाने बाली संरक्षण गर्ने छ योजनाका लागि रु १५ लाख अनुदान दिइने केन्द्र प्रमुख भट्टराइले जानकारी दिए ।

कृषि फर्म छनोटमा महिला तथा दलित समुदायले गर्दै आएको व्यावसायिक कृषि फर्मलाई समेत प्राथमिकतामा राखिएको छ । यस्तै केन्द्रले जिल्लामा सञ्चालित आठ कृषि ब्लकलाई सुधार र तीन ब्लक थप गर्नसमेत बजेट विनियोजन गरेको छ ।

जिल्लामा रहेका विभिन्न प्रकृतिका आठ कृषि ब्लकलाई सुधार गर्न रु एक करोड ७५ लाख विनियोजन गरिएको छ । यस्तै बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकामा मकै ब्लक स्थापना गरिने भएको छ भने ढोरपाटनमा तरकारी ब्लक स्थापना गरिनेछ ।

ब्लक स्थापना गर्नका लागि समिति गठन गरी कार्य शुरु गर्न रु ७५ लाख दिइने केन्द्रले जनाएको छ । सङ्घीयता कार्यन्वयनसँगै खारेजीमा परेको कृषि कार्यालय जिल्लाबाहिर हुँदा योजना परे पनि किसानले टाढा भएका कारण समस्या भोग्दै आएकामा अहिले जिल्लामै कृषि कार्यालय स्थापना भएपछि निकै सहज भएको कृषक रामबहादुर खड्काले बताए ।

खड्का अध्यक्ष भएको गणेश कृषि व्यावसायिक सहकारी संस्था सिगानाले समेत साना सिँचाई परियोजनाअन्तर्गतको अनुदान योजना प्राप्त गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : २७ बजे

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

सीआईबीद्वारा एनसेल मुख्यालयबाट महत्वपूर्ण दस्तावेज नियन्त्रणमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्यालयबाट महत्वपूर्ण

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति

नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव