गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला | Khabarhub Khabarhub

गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा — गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीन जना सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

सोमबार बिहान ८ बजेसम्म चहलपहल नभएपछि स्थानीयले गएर हेर्दा सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

स्थानीय ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ मृत अवस्थामा भेटिएको उनले बताए ।

स्थानीयले खबर गरेपछि बारपाक प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी  पुगेको र इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको एसपी गुरुङले जानकारी दिए ।

मृत भेटिएकाहरुको मुखमा सेतो फिज पनि देखिएको जानकारी दिँदै एसपी गुरुङले भने,’ हामी थप अनुसन्धानमा छौँ ।’

शव जौबारीस्थित अस्पतालमा पोस्टमार्टमका लागि ल्याइने बताइएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : ५० बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही