सगरमाथा आधार शिविरबाट क्याम्प तीनसम्म बाटो खुला | Khabarhub Khabarhub

सगरमाथा आधार शिविरबाट क्याम्प तीनसम्म बाटो खुला


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साेलुखुम्बु – सगरमाथा आरोहणका लागि आधार शिविरबाट क्याम्प तीनसम्म जाने बाटो खुलेको छ । पर्वतारोहण सञ्चालक सङ्घका अध्यक्ष डम्बर पराजुलीका अनुसार बिहीबारदेखि क्याम्प तीनसम्मको बाटो खुलेको हो ।

आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का आइसफल डक्टरले बनाउँछन् भने त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घको टोलीले बनाउने गर्छ ।

“आठ जनाको टोलीले बिहीबार क्याम्प तीनसम्मको बाटो बनाइसकेका छन्”, सङ्घका अध्यक्ष पराजुलीले भने, “केही दिनमै क्याम्प चार हुँदै चुचुरोसम्मको बाटो बनाउने काम शुरु हुन्छ ।”

चैतको अन्तिम साता ‘एसपिसिसी’बाट खटिएका १० जना आइसफल डाक्टरको टोलीले हिम खाल्डा, हिम नदीमा भ¥याङ राख्ने र डोरी टाङ्ने काम सकेपछि क्याम्प तीनतर्फको बाटो बनाउने काम शुरु भएको थियो ।

“बाटो खुलाउनका लागि मौसम अनुकूल हुनुपर्छ, त्यसमाथि पनि डोरी, स्नोबारलगायतको करीब ७० भारीभन्दा बढी सामानसहित जानुपर्छ”, अध्यक्ष पराजुलीले भने, “सामान्यत विगत वर्षलाई हेर्दा मेको १२ देखि १८ सम्ममा शिखर चढ्ने वातावरण बनिसक्छ ।”

आठ सयले आरोहण गर्ने

देशको २७ हिमाल आरोहणका लागि ८२० आरोहीले आरोहण अनुमति पाएका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार बिहीबारसम्म विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको शिखर चुम्न ९८ समूहले अनुमति पाएका हुन् ।

आरोहणदलमा सबैभन्दा बढी सगरमाथा क्षेत्र आउने आरोही रहेको पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । उनका अनुसार सगरमाथा आरोहणका लागि ३८ समूहका ३७५ जनाले अनुमति पाएका छन् । यो गत वर्षको तुलनामा ११ जनाले बढी हो ।

सगरमाथा नजिकै रहेको लोत्से हिमाल आरोहणका लागि १० समूहका ९२ जनाले अनुमति लिएका छन् भने नुत्से हिमाल आरोहणका लागि तीन समूहका ३७, आमादब्लमका लागि पाँच समूहका ४९, कञ्चनजङ्घा हिमाल आरोहणका लागि छ समूहका ३४, मकालुका लागि चार समूहका ५३, अन्नपूर्णका लागि तीन समूहका २३ जनासहित अन्य २७ हिमाल आरोहणका लागि ८२० आरोहीले अनुमति पाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १० : १५ बजे

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला

प्याजले उचित मूल्य पाएन, बोरामा थन्काउन बाध्य किसान

चितवन– जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन ।

धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै

इजरायल – इरान र इजरायल युद्ध सुरु भएपछि धेरै देशले

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

गोदावरी–  गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी

मधेशमा खाद्य बालीको भू-भाग घट्यो, उखुदेखि दालको उत्पादन घट्यो

काठमाडौं– पछिल्लो समयमा मधेश प्रदेशभित्र खाद्य तथा अन्य बालीले ओगट्ने