बाबुको हत्या अभियोगमा छोरा पक्राउ « Khabarhub

बाबुको हत्या अभियोगमा छोरा पक्राउ


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– आफ्नै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई पोखरा महानगरपालिका–३२ महकुना बस्दै आएका ५८ वर्षीय बुबा जुमबहादुर कामीको हत्या गरेको अभियोगमा ३४ वर्षीय छोरा रामकृष्ण कामीलाई पक्राउ गरेको हो ।

घरको झर्‍याङबाट खसेर मृत्यु भएको सूचनाका आधारमा घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाकको प्रहरी टोलीको अनुसन्धानका आधारमा फागुन ९ गते राती बाबु छोराबीच विवाद हुँदा छोराले ढोकामा प्रयोग हुने चारपाटे काठको औलो प्रहारबाट उनको मृत्यु भएको खुलेको हो ।

निजलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदातलबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १० : ४५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब