जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री ओली « Khabarhub

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री ओली


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ नेपालको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले मुलुक अहिले ठीक बाटोमा अघि बढिरहेकाले लोकतन्त्र र संविधानलाई तलमाथि हुन नदिइने बताए ।

उनले युवा कार्यकर्तालाई विचार र दृष्टिकोणका साथ सङ्गठित भएर अघि बढ्न निर्देशन दिए । उनले आफ्नो आत्मविश्वासमा कुनै कमी नआएकोसमेत प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले सुन्दर र समृद्ध नेपालको गन्तव्य निर्धारण गरेर युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्नसमेत युवालाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उचित विचार र दृष्टिकोणका साथ अघि बढ्न युवालाई आह्वान गरे । उनले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्न युवा सङ्घलाई आग्रह गरे ।

लोकतन्त्रलाई अझै सृदृढ र समृद्ध बनाएर अघि बढ्न आगामी निर्वाचनले बाटो तय गर्ने हिषाबले आफूले निर्वाचनको मिति तय गराएको प्रधानमन्त्रीले बताए ।

वर्तमान अवस्थामा पार्टी भन्न लायक दल आफूले नेतृत्व गरेको नेकपा मात्रै रहेको जनाउँदै अध्यक्ष ओलीले अहिले पनि पार्टी एक ढिक्का रहेको दाबी गरे । “पार्टी एक ढिक्का छ, बाटो बिराउनेलाई भन्न चाहन्छु, आउनुहोस्”, प्रधानमन्त्रीले थपे ।

नेकपाका स्थायी कमिटी सदस्य एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बाटो बिराएर बाहिर गएका नेतालाई पार्टीमा फर्कन आग्रह गरे ।

नेकपाका अर्का नेता पूर्वमन्त्री महेश बस्नेतले एकताको नाममा लामो समयदेखि निष्क्रिय रहेका सङ्गठनका गतिविधिलाई चलायमान बनाउन पार्टी र सङ्गठनको पुनर्गठन गरिएको बताए ।

उनले युवा सङ्घलाई जुझारु सङ्गठनको रुपमा विकास गरेर अघि बढ्ने विश्वास दिलाउँदै साइबर सेनाको औपचारिक घोषणा गरेर अघि बढ्नेसमेत बताए । त्यसमार्फत साइबरबाट हुने आपराधिक गतिविधिका साथै गलत प्रचारप्रसारलाई चिर्दै अघि बढ्ने उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवसमेत मनाएको थियो । सङ्घको बैठक बुधबार पनि चल्ने छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ०८ बजे

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको