ब्राजिलमा फाइजरको खोप सर्वसाधारणका लागि खुला « Khabarhub

ब्राजिलमा फाइजरको खोप सर्वसाधारणका लागि खुला


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी (ब्रासिलिया)- ब्राजिलको स्वास्थ्यसम्बन्धी नियमनकारी निकायले फाइजर–बायोएनटेकद्वारा विकसित तथा उत्पादित कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि राष्ट्रव्यापीरूपमा प्रयोग गर्न अनुमति दिएको छ ।

कोभिड–१९ को महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावितमध्ये एक दक्षिण अमेरिकी यस मुलुकमा खोपका माध्यमबाट महामारी नियन्त्रणको अभियानलाई सशक्त पार्ने योजनासहित खोपको देशव्यापी प्रयोगका लागि अनुमति प्रदान गरिएको हो ।

एनभिसा नामक स्वास्थ्य निकायका निर्देशकले भने, ‘खोपको अनुगमनकारी संस्थाहरूको १७ दिनको समीक्षापछि एनफाइजरद्वारा विकसित कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि खुला गरिएको छ । अब यो पक्के पनि आपतकालीन प्रयोगका लागि मात्र हुने छैन ।’

खोप प्रयोग गर्न अनुमति दिइएपनि उक्त खोप अहिले ब्राजिलमा उपलब्ध भने छैन । ब्राजिलले अहिलेसम्म चीनमा विकास भएका कोरोना भ्याक र बेलायती अस्ट्राजेनेकालाई भने व्यापक प्रयोगमा ल्याइसकेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ६ : १५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार