‘गंगूबाई काठियावाडी’मा आलिया माफिया क्वीन « Khabarhub

‘गंगूबाई काठियावाडी’मा आलिया माफिया क्वीन


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड निर्देशक सञ्जय लीला भन्सालीको जन्मदिनको अवसर पारेर बुधबार उनको करियरको १० औं फिल्म ‘गंगूबाई काठियावाडी’को टिजर सार्वजनिक भएको छ । फिल्ममा अभिनेत्री आलिया भट्टले शीर्ष भूमिका निर्वाह गरेकी छन् ।

दैनिक जागरणका अनुसार फिल्मको पहिलो झलकमै आलियाले आफ्नो दमदार उपस्थिति देखाएकी छन् । पूर्ण संवादयुक्त र विन्दास अभिनयले टिजरलाई मसलेदार बनाइदिएको छ ।

फिल्म यो वर्ष रिलिज हुने प्रतिक्षित फिल्ममध्ये एक हो । फिल्म जुलाई ३० मा रिलिज हुँदैछ । टिजरको सुरुवात मुम्बई नजिकै रहेको रेड लाइड एरिया कमाठीपुराबाट हुन्छन् । जहाँ गंगूबाईको आदेशमात्र चल्छ ।

टिजरमा गंगूबाईको चमकधमक, आत्मविश्वासले आलियाले दुरुस्तै प्रस्तुत गरेकी छन् । यो फिल्म हुसैन जैदीको पुस्तक ‘माफिया क्विन्स’को एक भागमा आधारित छ ।

गंगूबाई मुम्बईको कमाठीपुरा इलाकाकी एक कोठी सञ्चालिका थिइन् । यो फिल्ममा अजय देवगन र विक्रान्त मेसीको पनि अभिनय छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ४५ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान