फ्यानमाझ कलाकारको यस्तो रिस « Khabarhub

फ्यानमाझ कलाकारको यस्तो रिस


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कलाकारहरु प्रायः फ्यानमाझ धेरै घेरिन्छन् । उनीहरु जहाँ पुगे पनि फ्यानले पछ्याउन छोड्दैनन् । तर कहिलेकाँही फ्यानकै व्यवहारका कारण कलाकारहरु अनौठो व्यवहार देखाउछन् । कतिपय अवस्थामा फ्यानलाई कलाकारले हात पनि उठाउन पछि पर्दैनन् ।

बलिउडमा यस्ता केही कलाकार छन्, जसले फ्यानलाई यस्तै किसिमको व्यवहार गरेका छन् । आफ्ना फिल्मबाट दर्शकलाई हसाउन पोख्त अभिनेता गोविन्दाले एक फ्यानलाई थप्पड नै हानेका छन् ।

दैनिक भास्करका अनुसार सन् २००८ मा फिल्म ‘मनी है तो हनी है’को सुटिङको समयमा गोविन्दालाई हेर्न चाहने फ्यानको दर्शक बढेको थियो । त्यो समयमा एक फ्यान गोविन्दामाथि यति धेरै हावी हुन लागेको थियो कि त्यसको रिसमा गोविन्दाले फ्यानलाई थप्पड नै हिर्काउनु परेको थियो । यो घटनापछि ती फ्यानले गोविन्दाविरुद्ध उजुरी गरेपछि गोविन्दाले ५ लाख रुपैंयाँ दिएका थिए ।

अभिनेता जोन अब्राहमको पहिलो फिल्मबाट नै लाखौं युवतीहरु प्रभावित भएका थिए । तर एकपटक भने यी अभिनेता महिला फ्यानलाई धकेल्नु नै पर्यो । एक कार्यक्रममा आफ्नो अगाडि अभिनेता जोनलाई देखेपछि ती महिला फ्यानलाई विश्वास लागेन । त्यसपछि उनले जोनको हात नै टोकिन् । हातको दुखाई सहन नसकेपछि जोनले ती महिलालाई धकेलेका थिए ।

अभिनेत्री प्रियंका कार्कीलाई पनि एक फ्यान कार्यक्रममा यति हैरान बनाए कि उनले ती फ्यानलाई थप्पड नै मार्नु पर्यो । गायक मिका सिंहले सार्वजनिक एक कन्सर्टको स्टेजमा डाक्टरलाई थप्पड मारेका थिए । मिकाले ती डाक्टरले युवतीहरुमाझ लगातार दुव्र्यवहार गरेपछि आफूले हात छोडेको बताएका थिए ।

अभिनेता अक्षय कुमारले फिल्म ‘गब्बर इज ब्याक’को सेटमा एक फ्यानलाई थप्पड नै लगाए । सुटिङ सेटमा रहेका सुरक्षा गार्डले पटक पटक ती फ्यानलाई तस्वीर नलिन आग्रह गर्दा उनले नसुनेपछि अक्षयले थप्पड मारेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १२ : १५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग