विज्ञान सम्बन्धी चेतना बढाउन सके ठूला महामारीसँग लड्न सकिन्छ : मन्त्री श्रेष्ठ « Khabarhub

विज्ञान सम्बन्धी चेतना बढाउन सके ठूला महामारीसँग लड्न सकिन्छ : मन्त्री श्रेष्ठ


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले विज्ञान सम्बन्धी चेतना बढाउन र प्रविधिको सही उपयोग गर्न सके कोभिड–१९ जस्ता ठूला महामारी विरुद्धको लडाइँमा सफता प्राप्त गर्न सकिने बताएका छन् ।

विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति–२०७६ को कार्ययोजना तयारी गोष्ठीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको २१ औँ शताब्दीमा विज्ञान र प्रविधिको विकास अपरिहार्य रहेको बताए ।

कोभिड–१९ महामारीमा नेपाली वैज्ञानिकले गरेको योगदानलाई सरकारले कहिल्यै भुल्न नसक्ने पनि उनले स्पष्ट पारे । शिक्षा मन्त्रालयले नाष्टका १८ वैज्ञानिकको प्रस्ताब छनौट गरी प्रविधि विकास गर्न दिएको अनुदान र ती प्रस्ताब अनुसार प्रविधि विकास गरी सोही प्रविधिको माध्यमबाट कोभिड–१९ नियन्त्रण गर्न महत्वपूर्ण भुमिका खेलेको उनको भनाइ छ।

नेपालको आर्थिक समाजिक विकासमा सहयोगी हुने सबै प्राथमिक क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रविधि विकासलाई महत्व दिने योजना आवश्यक रहेको उनले बताए ।

उदीयमान प्रविधिको रुपमा विकास भैरहेको स्याटेलाइट, आइसिटी, रोबोटिक्स, आर्टिफिसियल इन्टलिजेन्स, न्युक्लियर टक्नोलोजी जस्ता प्रविधिको उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै सम्वृद्धिको दिशामा अघि बढ्नु अपरिहार्य रहेको उनले बताए ।

स्याटेलाईट र रकेट बनाउने युवा वैज्ञानिकको प्रशंसा गर्दै त्यस्ता बैज्ञानिकलाई सरकारले सम्मान र सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

विज्ञान र प्रविधि आफैमा महत्वपूर्ण विषय भएकोले यस विषयसँग जोडिएका सम्पूर्ण काम गर्न छुट्टै विज्ञान मन्त्रालय आवश्यक रहेको उनले बताए ।

‘शिक्षा र विज्ञान एउटै मन्त्रालय भएकोले विज्ञान क्षेत्रका काम गर्न केही समस्या परेको छ उनले भने’,नीतिमा भएका विषयलाई कायन्वयन गर्न र आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रीको हैसियतले पहल गर्छु ।

गोष्ठीमा बोल्दै शिक्षा सचिव रामप्रसाद थपलियाले हजार भन्दा बढी सरोकारवाला निकाय, वैज्ञानिक लगायतसँग छलफल गरी तयार भएको कार्ययोजनालाई लागू गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए ।

प्रविधि नवप्रवर्तक नीति २०७६ लाई कार्यान्वयन गर्न मन्त्रालय प्रतिवद्ध रहेको उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्रालयका सचिव डा. सञ्जय शर्माले वर्तमान समयमा विकासको परिभाषा विज्ञान बाहेक अरु हुन नसक्ने तर्क गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ९ : ५६ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट