मलेसियामा कोरोनाविरुद्धको खोप शुरू « Khabarhub

मलेसियामा कोरोनाविरुद्धको खोप शुरू


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको मलेसियामा पनि फाइजर बायोएनटेकले कम्पनीले उत्पादन कोरोनाविरूद्धको खोप शुरू भएको छ ।

खोप पहिलो डोज लगाउदै मलेसियाका प्रधानमन्त्री हियाद्दिन यासिनले सबैलाई कोरोनाविरूद्धको खोप लगाउन आह्वान गर्दै आफूलाई खोप लगाएको बेलामा कुनै अप्ठ्यारो नभएको भन्दै कसैलाई पनि नआत्तिन र स्वाभाविक रुपमा खोप लगाउन अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीसँगै स्वास्थ्य मन्त्रालयका निर्देशक डाक्टर नुर हिसाम अब्दुलाह तथा स्वास्थ्य मन्त्रालयका अन्य कर्मचारीहरुले पनि खोपको पहिलो डोज लगाएका छन्।

मलेसियाले नेपालीसहित अन्य विदेशी श्रमिकहरुलाई कोरोनाविरुद्दको खोप निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ । यो खोप त्यहाँ अबैधानिक तरिकाले बसेकालाई पनि उपलब्ध हुनेछ ।

मलेसिया सरकारले आफ्नो सुरक्षा गरौँ, सबैलाई सुरक्षित बनाउँ अभियान अन्तर्गत आफ्नो मुलुकमा कार्यरत विदेशी श्रमिकलाई खोप दिने मलेसियाका सरकारी अधिकारीले बताएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ११ : १७ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय