मलेसियामा अनलाइनबाटै दूतावासमा गुनासो टिपाउन सकिने | Khabarhub Khabarhub

मलेसियामा अनलाइनबाटै दूतावासमा गुनासो टिपाउन सकिने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– कोरोना लगायत विभिन्न कारणले समस्यामा परेका नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले अबदेखि अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सकिने व्यवस्था गरेको छ ।

दूतावासको वेबसाइटमा गएर श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने जनाएको छ । श्रमिकले आफ्नो नाम र पासपोर्ट नम्बर, आफ्नो सम्पर्क नम्बर, रोजगारदाता कम्पनीको नाम राखेसँगै आफूलाई आईपरेको समस्या उल्लेख गर्न दूतावासले अनुरोध गरेको छ ।

गुनासो राखेपछि दूतावासले गुनासो राख्ने सम्बन्धित व्यक्तिलाई सम्पर्क गरी समस्याको समाधान गर्ने दूतावासले जनाएको छ । यस्तै दूतावासले उपलब्ध गराएको इमेल आईडीमार्फत पनि आफ्ना समस्या वा गुनासो राख्न सकिनेछ ।

यसका लागि दूतावासको इमेल [email protected][email protected] मार्फत पनि आफ्ना गुनासा राख्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ४ : ०५ बजे

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा

आकर्षक गन्तव्य बन्दै आमपानी झरना

कैलाली– आमपानी झरना कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर