फिल्मका यी सुन्दर भिलेन अभिनेत्री « Khabarhub

फिल्मका यी सुन्दर भिलेन अभिनेत्री


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगूबाई काठियावाडी’को टिजर रिलिज पछि बलिउडमा चासोको विषय बनेकी छन् । फिल्ममा उनले एक लेडी माफियाको भूमिका निभाएकी छन् । फिल्ममा आलियाको लुक निकै दमदार देखिन्छ र तमाम टेलिभिजन स्टारले आलियाको कामको खुलेर तारिफ गरेका छन् ।

आलिया भन्दा अघि धेरै अभिनेत्रीहरुले पर्दामा भिलेन चरित्र निर्वाह गरिसकेका छन् । आजतकले ती अभिनेत्रीहरुको बारेमा एउटा समाचार तयार पारेको छ ।

अभिनेत्री सीमा विश्वासले सन् १९९६ मा रिलिज भएको फिल्म ‘बैंडिट क्विन’मा फूलन देवीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनको काम र भूमिकाले निकै चर्चा पाएको थियो । शेखर कपूर निर्देशित फिल्म सुपरहिट भएको थियो ।

अभिनेत्री शबाना आजमी सन् १९९९ मा रिलिज फिल्म ‘गडमदर’मा रंभीको भूमिकामा देखिएकी थिइन् । विनय शुक्ला निर्देशित फिल्ममा उनको भिलेन चरित्रलाई दर्शकले निकै रुचाएका थिए ।

अभिनेत्री इशा कोपिकरले सन् २०१० मा रिलिज फिल्म ‘शबरी’मा महिला ग्याङस्टारको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा केही हत्यारासँग बदला लिन ग्याङस्टर बनेकी एक महिलाको कथा देखाइएको थियो ।

अभिनेत्री मधु शालिनीले राम गोपाल बर्माको फिल्म ‘डिपार्टमेन्ट’मा ग्रे शेडको भूमिका निर्वाह गरेकी थिइन् । फिल्मले बक्सअफिसमा र समीक्षकमाझ खासै राम्रो चर्चा पाउन सकेन ।

सन् १९८८ मा रिलिज फिल्म ‘शेरनी’मा दिवंगत अभिनेत्री श्रीदेवीले भिलेन चरित्र निर्वाह गरेकी थिइन् । शत्रुघ्न सिन्हा स्टारर फिल्ममा श्रीदेवीले एक डकैत बनेकी थिइन् ।

फिल्म ‘गुलाब ग्याङ’मा बलिउडकी ‘धक धक गर्ल’का रुपमा परिचित अभिनेत्री माधुरी दिक्षित भिलेन बनेकी थिइन् । उनको चरित्रलाई धेरैले मनपराएका थिए ।

सन् २०१७ मा रिलिज फिल्म ‘हसीना पार्कर’मा अभिनेत्री श्रद्धा कपुर भिलेन गेटअपमा देखिइन् । फिल्ममा उनले दाऊद इब्राहिमको बहिनी हसिना पार्करको भूमिका निभाएकी थिइन् । फिल्म आफ्नो कथाबस्तु र श्रद्धाको चरित्रका लागि चर्चामा रह्यो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ११ : ५५ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका