‘होटल प्यासा’मा माफिया चन्दन प्रभाकर « Khabarhub

‘होटल प्यासा’मा माफिया चन्दन प्रभाकर


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय कमेडियन कपिल शर्माले सन् २०१७ मा राजीव ढींगराको फिल्म ‘फिरंगी’मा अभिनय गरेका थिए । यो फिल्ममा उनले प्रहरी बन्न प्रयासरत एक युवाको भूमिकामा अभिनय गरेका थिए ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यिनै निर्देशक राजीव अर्को नयाँ फिल्म बनाउदैछन् । जुन फिल्ममा कपिल नभई कपिलका सहकर्मी तथा मिल्ने साथी चन्दन प्रभाकरले अभिनय गर्दैछन् ।

‘फिल्ममा चन्दनले कमिक भिलेनको भूमिका निभाउनेछन् र बिन्नू ढिल्लों फिल्ममा प्रमुख भूमिकामा देखिनेछन्’, राजीवले भनेका छन् । राजीवले फिल्ममा चन्दन एक पानी माफियाको भूमिकामा देखिने बताए । जो हरेक समय आफ्नो समूहसँग बसेका हुन्छन् ।

चन्दनले फिल्मको कथा मनपरेको बताए । ‘म जहिल्यै अलिक फरक चरित्र निभाउन चाहन्थें । फिल्मको कथाबस्तु सुनेपछि काम गर्न सहमत जनाएँ’, चन्दनले भने । कपिल, राजीव र चन्दन नौं कक्षाबाट साथी बनेका हुन् ।

‘हामी एकै सहर र एकै स्कुलका विद्यार्थी हौं । कपिल र म ९एमा थियौं । जबकि चन्दन ९बीमा थिए । हामीले एकै थिएटरमा सहकार्य गर्यौ । त्यसपछि म ‘द ग्रेट इण्डियन लाफ्टर च्यालेन्ज’सँग जोडिएँ ।’ राजीवले भनेका छन् ।

फिल्मको नाम ‘होटल प्यासा’ राखिएको छ । फिल्ममा राजीव, नितिन केनी, नवीन चन्द्र र शान्ति भूषण रोयको लगानी हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : ०० बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध