ओली नेतृत्वमै नयाँ सरकार बन्ने मन्त्री रायमाझीको दाबी « Khabarhub

ओली नेतृत्वमै नयाँ सरकार बन्ने मन्त्री रायमाझीको दाबी


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अर्को पार्टीसँग मिलेर केपी शर्मा ओली नेतृत्वमै नयाँ सरकार बन्न सक्ने दाबी गरेका छन् ।

अनेरास्ववियुले काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘हामीसँग कुनै सम्भावना सकिएको छैन। जस्तोसुकै परिस्थिती आएपनि जान सक्छौँ।’

मन्त्री रायमाझीले संसद पुनःस्थापना भएपछि खुसी भएर लड्डु बाड्नुको कुनै अर्थ नरहेको समेत टिप्पणी गरे । उनले संसदमा होस् वा निर्वाचनमा दुवैतिर लड्न आफूहरु तयार रहेको बताए ।

उनले प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित भएन, नयाँ सरकार बन्न सकेन र झमेला भइरह्यो भने मध्यावधि चुनावको सम्भावना रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : ११ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि