‘गंगुबाई काठियावाडी’मा आलियाको मेन्टर अजय « Khabarhub

‘गंगुबाई काठियावाडी’मा आलियाको मेन्टर अजय


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता अजय देवगन निर्देशक सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘गंगुबाई काठियावाडी’मा महत्वपूर्ण भूमिकामा देखिने भएका छन् । अजयले शनिबारबाट फिल्मको सुटिङ शुरु गर्दैछन् ।

दैनिक भास्करका अनुसार यो फिल्म अजयका लागि विशेष किन पनि छ भने उनी २२ वर्षपछि सञ्जयसँग सहकार्य गर्दैछन् । २२ वर्ष अघि सञ्जयको फिल्म ‘हम दिल दे चुके सनम’मा अजयले अभिनय गरेका थिए ।

फिल्म ‘गंगुबाई काठियावाडी’को शीर्ष भूमिकामा आलिया भट्टको अभिनय रहनेछ । हालैमात्र सञ्जयको जन्मदिनमा फिल्मको टिजर सार्वजनिक गरिएको थियो ।

फिल्ममा अजयले आलियाको अपोजिटमा अभिनय गर्नेछन् । अर्थात् उनी मेन्टरको भूमिकामा हुनेछ ।

फिल्मको हाल मुम्बईको फिल्म सिटीमा सुटिङ भइरहेको छ । सुटिङका समयमा कलाकारहरु र प्राविधिकको समय बचाउनका लागि फिल्मको सुटिङ रातीमात्र गरिएको छ ।

सुटिङका लागि करिब ५ करोडको सुटिङ सेट निर्माण गरिएको छ । फिल्ममा डन गंगुबाईको कथा देखाइनेछ । गंगुबाई ६० को दशकमा मुम्बई माफियाको ठूलो नाम थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १ : ०५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग