छत्रपति शिवाजीको बायोपिकमा शाहिद « Khabarhub

छत्रपति शिवाजीको बायोपिकमा शाहिद


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका ‘क्यूट’ स्टारका रुपमा चिनिएका अभिनेता शाहिद कपूर हालका दिनमा सफलताको पथमा अगाडि बढिरहेका छन् । फिल्म ‘कबीर सिंह’ले उनको लोकप्रियतामा नयाँ इटा थपिदियो ।

फिल्म ‘कबीर सिंह’ पछि उनी ‘जर्सी’को रिमेकमा व्यस्त भए र केही दिन अघि सुटिङ पनि पुरा गरे । सन् २०२१ को दिपावलीमा रिलिज हुने फिल्ममा उनी एक क्रिकेटरको भूमिकामा देखिँदैछन् ।

शाहिद अब चाँडै छत्रपति शिवाजीको बायोपिकमा देखिँदैछन् । फिल्म ‘कबीर सिंह’का निर्माता अश्विन वर्देले निकै महंगो बजेटमा छत्रपति शिवाजीको बायोपिक बनाउदैछन् ।

‘अश्विनले दक्षिण भारतीय फिल्मको एक ठूलो प्रोडक्सन हाउस लाइक प्रोडक्सनसँग सहकार्यको लागि हात मिलाएका छन् । यो समूहले छत्रपति शिवाजी महाराजमा आधारित रहेर बनाउने फिल्मका लागि शाहिद कपुरसँग कुराकानी गरेका छन्’, बलिउड लाइफले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

अनलाइनका अनुसार फिल्मको कथा शाहिदले पनि मनपराएर फिल्ममा अभिनयका लागि ग्रीन सिग्नल दिएका छन् । शाहिदले यसअघि सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ मा राजाको भूमिकामा अभिनय गरेका थिए ।

उनका लागि छत्रपति शिवाजी महाराजमा आधारित फिल्म दोस्रो पिरियड फिल्म हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  २ : २५ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान