अमिताभको स्वास्थ्यमा समस्या, सर्जरीको तयारी « Khabarhub

अमिताभको स्वास्थ्यमा समस्या, सर्जरीको तयारी


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड ‘बीग बी’ अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रिएको छ । उनले आफ्नो स्वास्थ्यमा समस्या आएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

उनले आफ्नो ब्लग र ट्वीटरमा पोस्ट गर्दै स्वस्थ हुनका लागि सर्जरीको आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले शनिवार ब्लगमा एक वाक्य लेखेर स्वास्थ्य समस्याको बारेमा जानकारी दिएका हुन् ।

दैनिक जागरणका अनुसार अमिताभले ब्लगमा लेखेको ‘मेडिकल कन्डीसन…सर्जरी…केही लेख्न सक्दिनँ’ वाक्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभले ट्वीटरमा ‘केही आवश्यकता भन्दा बढी भएको छ । केही हटाउन सुध्रने अवस्था छ । जीवन कालको भोलि हो यो, भोलि नै थाहा हुनेछ के हुँदैछ भनेर’ लेखेका छन् ।

अमिताभलाई गत वर्ष कोभिड–१९ को संक्रमण भएको थियो । संक्रमण भएपछि उनी कैयौं दिनसम्म अस्पताल बस्नु परेको थियो ।

अमिताभको स्वास्थ्य अवस्थाको बारेमा सार्वजनिक भएपछि उनका फ्यान तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अमिताभले हालैमात्र बलिउडमा ५२ वर्ष पुरा गरेका छन् । उनले केही दिन अघिमात्र पुराना तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

यो वर्ष अमिताभका दुई फिल्म ‘झुण्ड’ र ‘चेहरे’ रिलिज हुँदैछ । उनको अर्को फिल्म ‘ब्रह्मास्त्र’को रिलिज डेट सार्वजनिक हुन बाँकी नै छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १२ : ४५ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध