‘एक्वामेन २’बाट निकालिइन् एम्बर « Khabarhub

‘एक्वामेन २’बाट निकालिइन् एम्बर


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड अभिनेत्री एम्बर हर्ड र अभिनेता जोनी डिपको कानूनी लडाइँले उनीहरुको करियरमा कति धेरै असर परेको छ भन्ने कुरा पछिल्लो घटनाक्रम हेर्दा प्रष्ट हुन्छ ।

अभिनेता जोनीलाई ‘श्रीमतिलाई कुटेको’ आरोप लागेको लागेपछि अनुबन्धित केही प्रोजेक्टबाट उनी निकालिए । अहिले भने अभिनेत्री एम्बर पनि फिल्म ‘एक्वामेन २’बाट निकालिएकी छन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार फिल्म ‘एक्वामेन’मा ‘मिरा’को चरित्र निर्वाह गरेकी एम्बरलाई हटाएर उनको स्थानमा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री इमिलिया क्लार्कलाई भित्र्याइएको छ । निर्माण कम्पनी पपकन्र्ड प्लानेटले एमालाई भित्र्याएको बारे पुष्टि गरेको छैन ।

फिल्मका लागि एम्बरले शरीरको तौल घटाउनुपर्नेमा बढाइदिएपछि फिल्मका निर्माता रिसाएका थिए । ‘एम्बर शारीरिक अडिसनमा असफल भइन् । शरीरको तौलको मात्रा बढेपछि निर्माण पक्ष असन्तुष्ट देखिए । उनीसँगको सम्झौतामा शरीरलाई सही फर्ममा ल्याउनुपर्ने शर्त थियो । तर त्यो शर्त पालना भएन’, फिल्म निकट स्रोतले भनेको छ ।

फिल्मका लागि एम्बरले एक्सन र स्टन्ट दृश्य दिनुपर्ने थियो । तर उनको बढेको तौलले त्यो पुरा हुन सकेन । फिल्म निर्माण कम्पनी पपकन्ड प्लानेटले एम्बरलाई फिल्मबाट हटाएको पुष्टि गरेको छ ।

सन् २०१८ मा रिलिज फिल्म ‘एक्वामेन’ विश्वव्यापी हिट भएको थियो । फिल्मको निर्देशक जेम्स वान हुन् । सन् २०२२ को डिसेम्बर १६ मा रिलिजको योजना बनाइएको फिल्म ‘एक्वामेन २’ मा जेसोन मोमोआ र याह्या अब्दुल मातिन एक्वामेन र ब्ल्याक मान्ताको भूमिका निभाउदैछन् ।

फिल्मका लागि शीर्ष भूमिकामा को रहने भन्ने बारे निर्माण कम्पनी वार्नर बोसले केही भनेको छैन । कानूनी झमेलामा परेपछि अभिनेता जोनीले आफू ‘फेनटास्कि बिस्ट’ फ्रेञ्चाइजीबाट निकालिएको खुलाएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ४ : १५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग