‘एक्वामेन २’बाट निकालिइन् एम्बर | Khabarhub Khabarhub

‘एक्वामेन २’बाट निकालिइन् एम्बर


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड अभिनेत्री एम्बर हर्ड र अभिनेता जोनी डिपको कानूनी लडाइँले उनीहरुको करियरमा कति धेरै असर परेको छ भन्ने कुरा पछिल्लो घटनाक्रम हेर्दा प्रष्ट हुन्छ ।

अभिनेता जोनीलाई ‘श्रीमतिलाई कुटेको’ आरोप लागेको लागेपछि अनुबन्धित केही प्रोजेक्टबाट उनी निकालिए । अहिले भने अभिनेत्री एम्बर पनि फिल्म ‘एक्वामेन २’बाट निकालिएकी छन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार फिल्म ‘एक्वामेन’मा ‘मिरा’को चरित्र निर्वाह गरेकी एम्बरलाई हटाएर उनको स्थानमा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री इमिलिया क्लार्कलाई भित्र्याइएको छ । निर्माण कम्पनी पपकन्र्ड प्लानेटले एमालाई भित्र्याएको बारे पुष्टि गरेको छैन ।

फिल्मका लागि एम्बरले शरीरको तौल घटाउनुपर्नेमा बढाइदिएपछि फिल्मका निर्माता रिसाएका थिए । ‘एम्बर शारीरिक अडिसनमा असफल भइन् । शरीरको तौलको मात्रा बढेपछि निर्माण पक्ष असन्तुष्ट देखिए । उनीसँगको सम्झौतामा शरीरलाई सही फर्ममा ल्याउनुपर्ने शर्त थियो । तर त्यो शर्त पालना भएन’, फिल्म निकट स्रोतले भनेको छ ।

फिल्मका लागि एम्बरले एक्सन र स्टन्ट दृश्य दिनुपर्ने थियो । तर उनको बढेको तौलले त्यो पुरा हुन सकेन । फिल्म निर्माण कम्पनी पपकन्ड प्लानेटले एम्बरलाई फिल्मबाट हटाएको पुष्टि गरेको छ ।

सन् २०१८ मा रिलिज फिल्म ‘एक्वामेन’ विश्वव्यापी हिट भएको थियो । फिल्मको निर्देशक जेम्स वान हुन् । सन् २०२२ को डिसेम्बर १६ मा रिलिजको योजना बनाइएको फिल्म ‘एक्वामेन २’ मा जेसोन मोमोआ र याह्या अब्दुल मातिन एक्वामेन र ब्ल्याक मान्ताको भूमिका निभाउदैछन् ।

फिल्मका लागि शीर्ष भूमिकामा को रहने भन्ने बारे निर्माण कम्पनी वार्नर बोसले केही भनेको छैन । कानूनी झमेलामा परेपछि अभिनेता जोनीले आफू ‘फेनटास्कि बिस्ट’ फ्रेञ्चाइजीबाट निकालिएको खुलाएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ४ : १५ बजे

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय

जङ्गली हात्ती मृत फेला

झापा– झापाको मेचीनगर नगरपालिका– १ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल

बजेट अभावमा निसीखोला आधारभूत अस्पताल अलपत्र

बागलुङ– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल