युएईले यमनका लडाकुलाई हतियार दिइरहेको एमनेष्टीको आरोप « Khabarhub

युएईले यमनका लडाकुलाई हतियार दिइरहेको एमनेष्टीको आरोप


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एम्नेष्टी इन्टरनेशनलले संयुक्त अरब इमिरेट्स युएईले पश्चिमा मुलुक तथा अन्तर्राष्ट्रिय समुदायले पठाएको हतियार युद्ध अपराधमा संलग्न रहेका लडाकुलाई दिने गरेको आरोप लगाएको छ ।

एम्नेष्टी इन्टरनेशनलले विज्ञप्ति जारी गर्दै पश्चिमा मुलुकले पठाएको अर्बौँ डलर बराबरको हतियार युएइले यमनका लडाकुलाई पठाउने गरेको आरोप लगाएको हो ।

युएईको यस्तो गतिविधिले उसैपनि ठूलो मानवीय संकट झेलिरहेको यमनको अवस्था झन् खराब बन्दै जाने एम्नेष्टीले जनाएको छ ।

इरानको समर्थनप्राप्त हुथी लडाकुविरुद्ध यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले गरिरहेको सैनिक कारवाहीमा युएइको महत्वपूर्ण भूमिका रहँदै आएको छ । युएइले यमनको दक्षिणी तथा पश्चिमी तटीय क्षेत्रमा हुथीविरुद्ध लड्नका लागि स्थानीय लडाकु तथा यमनी सरकारी फौजलाई सैनिक तालिम तथा अन्य सैन्य सहयोग गर्दै आएको छ ।

युएइसहित अरब गठबन्धनले सहयोग गरिरहेका फौज तथा लडाकुहरु यमनमा युद्धअपराधमा संलग्न रहेको भन्ने समाचार पनि बेलाबेला आउने गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ३ : ३८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु