बिल गेट्सको नजरमा आईफोनभन्दा एन्ड्रोइड उपयुक्त « Khabarhub

बिल गेट्सको नजरमा आईफोनभन्दा एन्ड्रोइड उपयुक्त


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्बपति एवम् माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफूले एन्ड्रोइड फोन प्रयोग गर्ने बताएका छन् ।

सोसल प्लेटफर्म क्लबहाउससँगको अडियो अन्तरवार्ताका क्रममा आईओएस (आइफोनको एन्ड्रोइड सिस्टम) का आफ्नो धारणा राख्दै उनले आफू आईओएस भन्दा पनि एन्ड्रोइड फोन प्रयोग गर्न मन पराउने बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनले एन्ड्रोइडको इकोसिस्टम र सफ्टवेयरको इन्टरफेस पनि राम्रो हुनुका साथै प्रयोगमा सहज हुने भएकाले पनि आफूले एन्ड्रोइड फोन प्रयोग गर्ने गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘म हरेक कुरा ट्रयाकमा राख्नका लागि एन्ड्रोइडको प्रयोग गर्छु, मलाई यही उपयुक्त लाग्छ, आफू आईफोनको वरिपरि भएता पनि एन्ड्रोइड बोकेर हिँड्छु ।’

एन्ड्रोइडमा शुरुमै इन्स्टल भएर आउने माइक्रोसफ्टका कतिपय सफ्टवेयर आफ्ना लागि अझ सहज पक्ष भएको उनको भनाइ छ ।

मोबाइल अपरेटिङ सिस्टम आईओएस र एन्ड्रोइडमा कुन राम्रो भन्ने विषय सधैं चर्चा भइरहने विषयमध्येको एक विषय हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ९ : ३३ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा