टर्कीको अलकायदा समर्थित समूहले नेपालमार्फत दक्षिण एसियामा सञ्‍जाल विस्तार गरिरहेको नर्डिक मोनिटरको दाबी « Khabarhub

टर्कीको अलकायदा समर्थित समूहले नेपालमार्फत दक्षिण एसियामा सञ्‍जाल विस्तार गरिरहेको नर्डिक मोनिटरको दाबी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वीडेनको स्टकहोल्ममा रहेको नर्डिक रिसर्च एण्ड मोनिटर नेटवर्कले टर्कीको अलकायदा समर्थित एक समूहले नेपालमार्फत दक्षिण एसियामा आफ्नो सञ्‍जाल विस्तार गरिरहेको दाबी गरेको छ ।

नर्डिक मोनिटरले सार्वजनिक गरेको एक रिपोर्टमा नेपालमा रहेको एक मुस्लिम संस्थामार्फत टर्कीको अलकायदा समर्थित संस्थाले दक्षिण एसियामा सञ्‍जाल विस्तार गरिरहेको दाबी गरेको छ ।

नर्डिक मोनिटरले टर्कीमा केन्द्रित धार्मिक, वैचारिक र अतिवादी समूहहरूको अध्ययन गर्दै आएको छ ।

रिपोर्ट अनुसार टर्कीमा अलकायदा समूहसँग सम्बन्ध भएको च्यारिटीले स्लामी संघ नेपाल (आईएसएन) नामक स‍ंस्थामार्फत काम गरिरहेको छ ।

“अलकायदासँग सम्बन्ध भएको टर्कीको एक च्यारिटी समूहले जिहादी नेटवर्कलाई बन्दोबस्तीको व्यवस्था विस्तार गर्न इस्लामिक संघ नेपालसँग मिलेर काम गरिरहेको नर्डिक मोनिटरको अनुसन्धानमा देखिएको छ,’ नर्डिक मोनिटरले भनेको छ ।

समाचारमा जनाइए अनुसार ‘द फाउण्डेसन फर ह्युमन राइट्स एण्ड फ्रिडम्स एण्ड ह्युमेनिटरियन रिलिफ’ (आईएचएच) ले भारतसँग सीमाना जोडिएका जिल्लामा कार्यक्रम गरेको र यसले  नेपालको आईएसएनसँग मिलेर कैयन् कार्यक्रमको आयोजना गरेको छ ।

आईएसएनले नेपाल-भारत सीमा क्षेत्रमा रहेका अल्पसंख्यक मुस्लिम समुदायलाई सघाउने बहानामा जिहादी नेटवर्कलाई सघाइरहेको नर्डिक मोनिटरको आरोप छ ।

आईएचएचले सिरियामा रहेका जिहादीलाई सहयोग गरेको समेत नर्डिक मोनिटरले जनाएको छ । उसका अनुसार भारतले असअघि नै आईएसएनको सम्बन्ध जिहादी लडाकुहरूसँग जनाउँदै आएको थियो ।

यो समूहले अवैधरूपमा हतियार ओसारपसार गर्ने गरेको पनि दाबी गरिएको छ ।

आईएचएचले नेपालको प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको नर्डिक मोनिटरले निष्कर्ष निकालेको छ ।

“आईएसएनको सम्बन्ध टर्कीको अतिवादी मुस्लिम समूह आईएचएचसँग मात्र नभएर यो इस्लामिक वर्ल्डको गैरसरकारी संगठनहरूको संघमासमेत आबद्ध छ,” नर्डिक मोनिटरको समाचारमा भनिएको छ ।

यो समूहको सम्बन्ध टर्कीको अर्धसैनिक समूह भनिने सदातसँग पनि रहेको बताइएको छ । सदातको सञ्चालन अद्नान तानारवेदीले गरेको र उनी टर्कीका राष्ट्रपति एर्दोनानका पूर्वप्रमुख सैनिक सल्लाहकार रहेको बताइएको छ । उनले लडाकुहरूलाई सैनिक तालिम दिने गरेकोसमेत समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : १४ बजे

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिनेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका