एक सय फर्मलाई कारबाही , ३० लाख जरिवाना असुल | Khabarhub Khabarhub

एक सय फर्मलाई कारबाही , ३० लाख जरिवाना असुल


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले १०५ फर्मलाई कारबाही गरेको छ ।

बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरूको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ वटा व्यापारीक फर्मलाई कार्वाही गरी रु ३० लाख २३ हजार जरिवाना गरेको हो।

सो कार्यालयले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा २०५ व्यापारिक फर्ममा अनुगमन गरी त्यसमध्ये १०५ लाई कारवाही गरी रु ३० लाख २३ हजार जरिवाना गरेको छ ।

एसआर रेडिमेड उद्योगलाई सबैभन्दा बढी रु ३ लाख जरिवाना गरिएको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो आफ्नो उत्पादनमा लगाउने गरेको पाइएकोले उक्त उद्योगलाई हदैसम्मको जरिवाना गरिएको हो ।

यसैगरी वीरगञ्जकै जय अम्बे ट्रेड एण्ड जेनेरल अर्डर सप्लायर्सलाई दुई लाख ५१ हजार, गगन ट्रेडिग हाउसलाई दुई लाख जरिवाना गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका–३ स्थित घर संसार पसललाई रु तीन लाख जरिवाना गरिएको छ ।

ती व्यापारीक फर्महरुले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरिएको निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीले बताए ।

उक्त कार्यालयले सो अवधिमा सप्तरीमा ११, धनुषामा २०, महोत्तरीमा ६, सर्लाहीमा ३, रौतहटमा १७, बारामा ३, पर्सामा ७६, मकवानपुरमा १५ र चितवनमा २७ गरी जम्मा २०५ फर्मको अनुगमन गरी त्यसमध्ये १०५ फर्मलाई जरिवाना गरेको छ ।

नेपालभर रहेको वाणिज्य कार्यालयमध्ये सबै भन्दा बढी राजश्व वीरगञ्ज कार्यालयले सङ्कलन गरेको दाबी गर्दै सो कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले भने,’जरिवाना गरिएका फर्मले सो मितिवाट ७ दिनभित्र कार्यालयमा उपस्थित भई जरिवाना बुझाउनुपर्ने कानूनी प्रावधान रहेको छ ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १ : १७ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना