‘महाभारत’बाट पछि हटे आमिर खान « Khabarhub

‘महाभारत’बाट पछि हटे आमिर खान


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता आमिर खानले ‘महाभारत’मा आधारित रहेर ठूलो बजेटको फिल्म बनाउने चर्चा झन्डै ६ वर्षदेखि चलिरहेको छ । गत वर्ष यो फिल्म ठूलो पर्दाका लागि नभई ओटीटी प्लेटफर्मका लागि बनाइन लागिएको खबर आएको थियो ।

तर अहिले भने आमिरले यो फिल्म बनाउने सोच तत्कालका लागि त्यागेका छन् । यसको पछाडि विभिन्न कारण मानिएको छ । आमिरले महाकाव्यमा आधारित फिल्म बनाउनका लागि अहिले उपयुक्त समय नभएको जनाएका छन् ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार आमिरले सबै अवस्थाको अध्ययन गर्दै यो निर्णय लिएका हुन् । ‘महाभारतलाई ५ वर्षको समय दिनुको अर्थ आमिरले तीन फिचर फिल्म गुमाउनु हो । त्यहीकारण ‘महाभारत’बाट उनी पछि हटेका छन्’, समाचारमा भनिएको छ ।

आमिरको यो प्रोजेक्टबारे विभिन्न विवाद आएको छ । कट्टरपन्थी संगठनहरुको विरोधका बाबजुद पनि आमिरले फिल्म बनाउनु आफैंमा चुनौतिपूर्ण हुने चर्चा बलिउडमा छ ।

आमिर हाल आफ्नो फिल्म ‘लाल सिंह चड्डा’लाई पुरा गर्नमै व्यस्त छन् । अद्वैत चन्दनको निर्देशनमा बनिरहेको फिल्ममा करीना कपूर प्रमुख भूमिकामा छिन् ।

फिल्म ‘लाल सिंह चड्डा’ सन् १९९४ मा रिलिज सुपरहिट हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  २ : ५९ बजे

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ

प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै

परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा

जब हर्क र रवि एकसाथ देखिए (तस्बिरहरू)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष