आमिरको ‘ठग्स अफ हिन्दुस्तान’विरुद्ध कानूनी पत्र « Khabarhub

आमिरको ‘ठग्स अफ हिन्दुस्तान’विरुद्ध कानूनी पत्र


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान विवादमा तानिएका छन् । दुई वर्ष अघि रिलिज आमिरको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’लाई लिएर आमिरसँगै फिल्मसँग जोडिएका ४ व्यक्तिका विरुद्ध कानूनी नोटिस जारी गरिएको छ । सबैमाथि एक जाति विशेषको अपमान गरेको आरोप लागेको छ ।

जीन्यूजमा प्रकाशित समाचार अनुसार फिल्ममा मल्लाह जातिलाई अपमान गरेको आरोपमा जौनपुरका जिल्ला एवं सत्र न्यायधीश मदनपाल सिंहको अदालतले मंगलबार फिल्मका प्रमुख अभिनेता आमिर तथा निर्माता आदित्य चोपडाका विरुद्ध कानूनी पत्र जारी गरेका हुन् । पत्रमा यो मामलामा आगामी सुनुवाई अप्रिल ८ मा हुने जनाइएको छ ।

जौनपुर कोर्टमा हंसराज चौधरीले आमिरसहित ८ विरुद्ध याचिका दर्ता गराएका थिए । उनले निर्देशक विजय कृष्णा, अभिनेता आमिर र निर्माता आदित्यविरुद्ध फिल्म रिलिज लगत्तै उजुरी दर्ता गराएका थिए ।

उनले फिल्ममा मल्लाह जातिलाई फिरंगी र ठग जस्ता शब्दले सम्बोधन गरेर पूरा मल्लाह जातिको छविमा असर पुर्‍याएको
आरोप लगाएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना