अनुराग र तापसीको घरमा आयकरको छापा « Khabarhub

अनुराग र तापसीको घरमा आयकरको छापा


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड निर्देशक अनुराग कश्यप, निर्माता विकास बहल र अभिनेत्री तापसी पन्नुको घरमा आयकर विभागले छापा मारेको छ । यो छापामारी फिल्म ‘फेन्टम’सँग सम्बन्धित रहेको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार विकास बहल यो प्रोडक्सन हाउसको संस्थापक हुन् भने अनुराग कश्यप यसका मालिक हुन् । यद्यपि अभिनेत्री तापसीको घरमा छापा मार्नुको कारण खुलेको छैन ।

भारतको मुम्बई र पुणेका २२ स्थानमा आयकर विभागले कर छलीको आशंकमा छापामारी रहेको छ । यी कलाकारविरुद्ध ठूलो मात्रामा आयकर छलीको आरोप छ ।

उनीहरुको मुम्बई र मुम्बई बाहिर रहेका स्थानमा छापा मार्ने काम सुरु गरिएको छ । यो छापा मार्ने अभियानमा यी कलाकार भन्दा ठूला कलाकारको नाम पनि जोडिन सक्ने अवस्था आइरहेको बताइएको छ ।

सामाजिक सञ्जालमा अनुराग र तापसी निकै सक्रिय छन् । दुवैले ‘साण्डकी आँख’ र ‘ममर्जियाँ’ जस्ता सफल फिल्म एकसाथ बनाइसकेका छन् । फिल्म ‘दोबारा’मार्फत दुवैजना पुनः एकपटक दर्शकमाझ आउदैछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ३ : ०० बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका