देख्न नखोज्नेहरुले आफ्नै अगाडिको विकास पनि देखेनन् : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

देख्न नखोज्नेहरुले आफ्नै अगाडिको विकास पनि देखेनन् : प्रधानमन्त्री ओली

'म मधेश विरोधी होइन'


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

 

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश पस्न नदिए पनि सिँचाइका लागि पानी पसाएरै छाड्ने बताएका छन् ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यको बिहीबार सिन्धुली जिल्लामा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू मधेश विरोधी नभएको दोहोर्‍याए ।

‘केपी ओलीलाई मधेश विरोधी भन्थे । केपी ओलीलाई पस्न नदिए हुन्छ ।’ उनले भने, ‘तर केपी ओलीले तपाईंका खेतमा पानी भने पसाउँछ । तपाईंका सुख्खा खेतलाई चिसा चाहिँ बनाइ दिन्छ केपी ओलीले ।’

‘म मुख्यमन्त्रीमार्फत तराई मधेशमा खबर पठाउन चाहन्छु, केपी ओलीलाई पस्न नदिए पनि हुन्छ । तर, पानी पस्न चाहिँ नरोक्नु होला ।’ उनले भने ।

यो आयोजनापछि अर्को आयोजना सुनकोशी कमला डाइभर्सनको निर्माण गरिने बताउँदै उनले भने, ‘उक्त आयोजनाले धनुषा, सिरहा, सप्तरी जिल्लाको करिब १ लाख ७० हजार बिघा जमिनमा सिँचाइ गर्छ ।’

यो आयोजनाले १ लाख ७० हजार बिघा जमिनमा सिँचाइ हुन थालेपछि प्रदेश २ का मधेशका जनताले आफैँ नगरा बझाउने उनले बताए । उनले भने, ‘त्यसपछि कुनै राजनीतिक पार्टी चाहिँदैन, जनता आफैँले नगरा बझाउने छन् ।’

प्रधानमन्त्री ओलीले देख्न नखोज्नेहरूले धमाधम भइरहेको विकास निर्माणलाई नदेखको बताए ।

‘मदन भण्डारी राजमार्ग यहीँबाट गइरहेको छ, देख्न नखोज्नेहरुले मास्तिरको डिलबाट गइरहेको मदन भण्डारी राजमार्ग देख्दैनन्,’ उनले भने, ‘देख्न नखोज्नेहरुले यो अगाडिको पुल पनि देख्दैनन् । देख्न नखोज्नेहरुले अरु विकास पनि भएको देख्दैनन् । तर, अब जनतलाई कसैले अलमल्याउन सक्दैन ।’

सिन्धुली जिल्लाका कलाकार टिमलाई बाद्यबाधन तथा भेषभुषा किन्नका लागि डेढ लाख रुपैयाँ सहयोग दिने घोषणा गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ३ : ३२ बजे

सगरमाथा संवाद सुरु

काठमाडौं– ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको

कारको ठक्करबाट दुई महिलाको मृत्यु

कृष्णनगर– बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको

अनेरास्ववियूद्वारा माधव र सुदेशलाई सम्मान

काठमाडौं– अनेरास्ववियूले ६१औं विद्यार्थी दिवसको अवसरमा विचार गोष्ठी तथा सम्मान

दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा

बैतडी– दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको

आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र