चोरीका २७ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण « Khabarhub

चोरीका २७ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरी सम्बन्धीत धनीलाई बुझाएको छ ।

उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले बिहीबार एक कार्यक्रमबीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाले सुराकी तथा विशेष सूचना संकलन मार्फत टोली परिचालन गरी ती मोटरसाईकल वरामद गर्न सफल भएको जनाएको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका विभिन्न स्थानहरुबाट उक्त मोटरसाईकलहरु बरामद गरेको एसएसपी जनक भट्टराईले जानकारी दिए ।

बिहीबारमात्रै करिव ८० लाख बढि मुल्य बराबरको विभिन्न कम्पनीका मोटरसाईकलहरु सम्बन्धित धनीलाई बुझाएको छ भने यस वर्षमा करिब १६ करोड बढि मुल्य पर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १० : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना