लागुऔषधसहित एक पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित एक पक्राउ


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको हो।

पर्साबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६३७७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिहान जाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको विषयमा अहिले महानगरीय प्रहरी वृत थानकोटले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

यसैबीच बुधबार पनि काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ९०० एम्पुल नोर्फिन, ९०० एम्पुल फेनारगन र ९०० एम्पुल डाइजेपामसहित बाराका १९ वर्षीय सोनुकुमार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ७४५० नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार यादवलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै परिसरले आज एक सूचना जारी गरी २२ तोला बराबरको अवैध सुनको सिक्रीसहित भारतीय नागरिक तपस सस्मललाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १० : १५ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री