बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त « Khabarhub

बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त भएका छन् ।

नेपाल पर्यटन बोर्डले उनलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । बोर्डका अध्यक्ष डा धनञ्जय रेग्मीले सफल कार्यकालको बधाई दिँदै श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउने आशा व्यक्त गरेका छन् ।

लामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल पठाउन सहयोग गर्ने र नेपाललाई थप चिनाउन लागी पर्ने बताए । उनले बेलायतमा रहेको नेपाली दूतावास र लण्डनबाट नेपालमा भ्रमण गर्ने/गराउने अन्य सङ्घसंस्थासँग समन्यवसमेत बताए ।

लण्डनको दक्षिणी भेगमा रहेको ईलिङमा मन्टिज रेष्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठ बेलायतको एनआरएनका संस्थापक अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : ५९ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले