वैज्ञानिकहरुले बनाए हावा भन्दा पनि हलुका हवाई जहाज, धेरै उचाइमा उडान भर्न सक्ने « Khabarhub

वैज्ञानिकहरुले बनाए हावा भन्दा पनि हलुका हवाई जहाज, धेरै उचाइमा उडान भर्न सक्ने


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्कटल्याण्डका वैज्ञानिकहरुले बेलुन जस्तो देखिने हावा भन्दा पनि हलुका हवाई जहाज बनाएका छन् ।

हावा भन्दा हलुका उक्त जहाजको हालै पहिलो पटक परीक्षण उडान समेत भएको छ । परीक्षणका क्रममा जहाजले १ सय २० मिटरको दूरी पार गरेको थियो ।

वैज्ञानिकहरुले जहाजमा हिलियम ग्यासको प्रयोग गरिएको बताएका छन् । जसका कारण जहाजको भित्री भाग बेलुनको जस्तो भएको बताइएको छ । हिलियम ग्यासका कारण हावा भन्दा पनि हलुका हुनका साथै यो जहाजले आकाशमा निक्कै माथिसम्मको उडान भर्न सक्ने वैज्ञानिकहरुको विश्वास छ ।

पानी मुनि चल्ने पानीजहाजमा प्रयोग गरिएको जस्तै यो हवाई जहाजमा बायोन्सी प्रोपल्शन प्रविधिको प्रयोग गरिएको छ । जसले जहाजलाई लगातार रुपमा अगाडि बढ्न सहयोग गर्ने छ । वैज्ञानिकहरुले यो जहाजको नाम फिनिक्स राखेका छन् ।

यो जहाजमा अहिले सञ्चालनमा रहेका हवाई जहाजहरुमा जस्तो इन्जिनको प्रयोग गरिएको छैन । यद्यपि, यो जहाज लामो सयमसम्म उडान भर्न सक्ने र यसलाई अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपणका लागि सबै भन्दा सस्तो विकल्पका रुपमा प्रयोग गर्न सकिने वैज्ञानिकहरुको दावी रहेको छ ।
यो जहाजमा एउटा ब्याग पनि प्रयोग गरिएको छ । जसको प्रयोग जहाजलाई जमिनमा अवतरण गराउन प्रयोग गरिने छ । उक्त ब्यागलाई खोलेपछि ब्यागमा हावा भरिने छ, हावा भरिएपछि बिस्तारै वजन बढ्न गई जहाज जमिनमा उत्रने छ ।

यो जहाजको लम्बाई १५ मिटर, पंखाको चौडाई १०.५ मिटर तथा तौल १२० किलो रहेको छ । वैज्ञानिकहरुलाई यो जहाज निर्माण तथा अनुसन्धानका लागि ३ वर्ष समय लागेको थियो । जहाज निर्माण गर्ने कम्पनीहरुसँग मिलेर यो जहाजलाई थप परिस्कृत र विकसित बनाउने वैज्ञानिकहरुको योजना रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १२ : २१ बजे

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा

रास्वपाले तोक्यो सांसदको उपस्थिति तालिका

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको