नेपालबाट चोरी भएको मुर्ति अमेरिकाले फिर्ता गर्‍यो « Khabarhub

नेपालबाट चोरी भएको मुर्ति अमेरिकाले फिर्ता गर्‍यो


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालबाट चोरी गरी अमेरिका पुर्‍याएको मुर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ ।

ललितपुरको पाटनबाट हराएको लक्ष्मी-नारायणको मूर्ति राजदूत डा. युवराज खतिवडालाई हस्तानान्तरण गरिएको छ ।

शुक्रबार अमेरिकाको वासिङटनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमकाबीच अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबिआई) का टिमोथी एन ड्युनह्यामले मुर्ति नेपाललाई हस्तान्तरण गरेका हुन्।

अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, एफबिआई र डल्लास म्युजियम अफ आर्टको महिनौँको संयुक्त अनुसन्धानपछि लक्ष्मी-नारायणको मूर्ति फेला परेको थियो।

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो। म्युजियमले मूर्ति गत नोभेम्बर ३० मा एफबीआईलाई हस्तान्तरण गरेको थियो।

लक्ष्मी-नारायणको काँस्य मूर्ति (जसलाई वासुदेव-कमलाजासमेत भनिन्छ) १२औँ र १५औँ शताब्दीबीचको पुरातात्विक सम्पदा हो। सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको थियो। नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ।

हराएको ६ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्ति पछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो।

एक परियोजनाका लागि नेपालबाट चोरिएका कलाकृतिको खोजी गर्ने कार्यमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्ष पहिले इमेज सर्च (तस्वीर खोजी) का माध्यमबाट उक्त मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको तथ्य फेला पारेका थिए। त्यसकै प्रतिफलस्वरूप उक्त मूर्ति पत्ता लागी फिर्ताको चरणसम्म पुगेको हो।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १२ : ४८ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी