नेकपाको आधिकारिकता विवाद निरूपण गर्न छलफलमा जुट्दै निर्वाचन आयोगका पदाधिकारी « Khabarhub

नेकपाको आधिकारिकता विवाद निरूपण गर्न छलफलमा जुट्दै निर्वाचन आयोगका पदाधिकारी


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवादबारे निर्वाचन आयोगका पदाधिकारीहरू आज छलफलमा जुट्दैछन् ।

पार्टीको आधिकारिकता विवादमा प्रचण्ड–माधव समूहको पटकपटक दबाबपछि आयोगले छिटो विवाद निरूपणको गृह कार्य थालेको हो ।

आज आयुक्तहरुको बैठकमा नेकपाको प्रचण्ड-माधव समूहले आधिकारिकता दाबी गर्दै पेस गरेको कागजातको अध्ययन गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयुक्तहरू छलफलमा जुटे पनि आजै विवादको निरूपण भने नहुने उनले बताए ।  विवाद समाधानका लागि अझै केही दिन लाग्न सक्ने उनको भनाइ छ ।

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको प्रचण्ड–माधव समूहले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आएको छ । नेकपाको विवाद नसुल्झिदा संसदमा नयाँ सरकार गठनमा समेत अप्ठ्यारो पर्ने जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १० : ०५ बजे

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो

तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली

आफ्नो बचाउ गर्दै रविको बयान : कारागारले दिएको पत्र बनाउन मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट