विप्लवले पूर्वसभामुख महरालाई भेटे « Khabarhub

विप्लवले पूर्वसभामुख महरालाई भेटे


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले संघीय संसदका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन् ।

आज बिहान महरालाई भेट्न विप्लव महरानिवास पुगेका थिए । तत्कालिन माओवादीले गरेको १० वर्षे जनआन्दोलनका क्रममा महरा र विप्लव साथी समेत थिए ।

फागुन २१ गते शुक्रवार भूमिगत राजनीतिबाट सार्वजनिक भएसँगै विप्लवले भेटवार्तालाई बढाएका छन् ।

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहमा आउन विप्लवलाई आग्रह गरिरहँदा प्रचण्ड निकट महरालाई भेट्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

आपराधिक गतिविधि बढाएको भन्दै सरकारले २०७५ साल फागुन २८ गते प्रतिवन्ध लगाएको थियो । सरकारसँग वार्ता गर्ने भएसँगै विप्लव समूहमाथिको प्रतिवन्ध समेत फुकुवा गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १ : ५९ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले